काठमाडौं, २० मंसिर । भारतका पूर्व गृहमन्त्री पि चिदाम्बरमले नेपाल-भारतको सम्बन्ध अहिलेसम्मकै धेरै विग्रिएको बताएका छन् ।
भारतीय पत्रिका इन्डियन एक्सप्रेसमा आफ्नो विचार लेख्दै चिदाम्बरमले नरेन्द्र मोदीले सत्ता सम्हालेपछि नेपाल–भारत सम्बन्ध विग्रिएको उल्लेख गर्दै सम्बन्ध सुधारका लागि बहस आवश्यक रहेको समेत बताए ।
भारतले नेपालका मधेसी नेताहरुलाई उचालेर नेपालसँगको सम्बन्धलाई ध्वस्त बनाएको भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई त्यसो नगर्न उनले चेतावनी दिएका छन् । मधेसी जनताले अधिकार नपाएको भए त्यो दिनुपर्ने दायित्व नेपालको भएकाले यो विषयमा भारतले हात हाल्न नहुने उनको भनाई छ ।
उनले लेखेका छन्- ‘मधेसीका सन्दर्भका केही मुद्दाहरु छन् तर ती मुद्दाहरुलाई वार्ताका माध्यमले समाधान गर्न नेपाललाई भारतले आवश्यक समय र अवसर दिनुपर्छ । मधेसीहरुको मुद्दालाई उछाल्दा भारतले बाँकी जनसंख्यासित खाडल विरुद्ध मधेसीलाई होम्ने वातावरण बनाउनु हुन्न ।’
भारतका पूर्व गृहमन्त्री चिदाम्बरमले दुई देशको सम्बन्ध सुधारका लागि नयाँ बहस आरम्भ गर्न भारतीय कंग्रेस र कम्युनिस्ट पार्टीहरुलाई आह्वान समेत गरेका छन् ।
dainiknepal-
Post a Comment