रौतहट, पुस ८ । रौतहटको गौरमा स्थानीय प्रशासनले बुधबार चौथो दिन पनि कर्फ्यु आदेश जारी गरेको छ ।
मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन चर्काएपछि प्रशासनले आज दिउँसो १२ बजेदेखि ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
गौरको पश्चिममा टिकुलियादेखि पूर्वी भाग, दक्षिणमा भन्सार गेट, पूर्वमा हनुमानस्थानको बडहरवा पुल, उत्तरमा नयाँबसको बडहरवापुलसम्म कर्फ्यु जारी गरिएको हो ।
गत आइतबार सदरमुकाम गौरमा मधेसी मोर्चाले गरेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर जुद्ध माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत शेष तबरेजको मृत्यु भएपछि स्थानीय प्रशासनले सदरमुकाम गौरमा दिनहुँदै कर्फ्यु लगाउँदै आएको छ ।
imagekhaba
Post a Comment