'म मर्न तयार छु, अख्तियारको धम्कीसँग डराउँदिन'
काठमाडौ : एमालेका युवा नेता डा. विजय पौडेललले भारतीय नाकाबन्दीको विरोध गर्दा अख्यियार लगाएर आफूलार्इ धम्क्याउन खोजिएको आरोप लगाएका छन् ।
भारतीय नाकाबन्दीको तीब्र विरोध गरेकै कारणा आफूमाथि बिनाकारण अख्तियार लगाएर थर्काउन खोजिएको जनाउँदै नेता पौडेलले बरु मर्न तयार रहेको तर अख्तियारसँग कुनै हालतमा नझुक्ने बताएका हुन ।
पौडेलले आफुलाई विनाकारण अख्तियारले चिठी पठाएर सात दिनभित्र आयोगमा उपस्थित हुन दिएको निर्देशनको कडा शब्दामा प्रतिवाद गर्दै अख्तियार पछिल्लो समय पुर्वाग्राही बन्दै गएको दाबी गरेका छन् ।
‘मलाई आज ‘सात दिनभित्र आयोगमा उपस्थितिका लागि अनुरोध’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र प्राप्त भएको छ । गज्जब छ बा ! कुनै सरकारी ओहोदामा नबसेको मानिसले के अख्तियार दुरुपयोग गरेको होला र अनुसन्धानका लागि बोलाइएको हो ?,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘मैले अरु कुनै कारण भेट्टाउन सकिन । देशको स्वाभिमान जोगाउन निडर भइ बोल्ने गरेको छु । भारतीय नाकाबन्दीको विरोध गरेको छु । नेपाली–नेपाली मिल्नुपर्छ भन्दै लोकतान्त्रिक अधिकारको मर्यादाभित्र बसेको छु ।’
पौडेलले अख्तियारले पूर्वाग्रहीरुपमा आफुलाई अख्तियारमा आउन पत्र पठाएको बताउँदै त्यसको प्रतिवाद गर्दै जाने बताएका छन् ।
उनले नेपालमा भारतीय हस्तक्षेप र नकाबन्दीको विरोध गरेकै आधारमा अख्तियारले आफूलाई चिठी काटेको भन्दै आफु म मर्न तयार रहेको तर राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि बोल्न र लड्न नछाड्ने प्रतिवद्धता जनाएका छन् ।
‘यो देशमा यति धेरै भारतीय हस्तक्षेप भइसक्यो कि त्यसले गरेको अन्यायपूर्ण नाकाबन्दीको विरोध गर्न पनि नहुने ?', उनले फेसबुकमा प्रश्न गरेका छन्, 'भारतीय नाकाबन्दीको विरोध गरेबापत मलाई अपमानित गर्न खोजिएको हो या प्रान्त बनाउँदा हिमाल–पहाड–तराई जोड्नु पर्छ भनेबापत अख्तियारको धमास देखाउन खोजिएको हो ?'
नेता पौडेलले साम्प्रदायिक हिंसा फैलाएर नेपाली-नेपालीलार्इ एकापसमा लडाउनेहरु विरुद्ध बोलेबापत तर्साउन खोजिएको हो भने सम्बन्धित पक्षलार्इ त्यसबारे आफैं निर्णय लिन भनेका छन् ।
‘साम्प्रदायिकता फैलाएर नेपाली–नेपालीलाई आपसमा लडाउने गरी उत्तेजक भाषण गर्नेहरुलाई जेल हाल्नु पर्दछ’ भन्दा तर्साउन खोजिएको हो भने मित्रहरुले आफैं निर्णय गर्नुहोला', उनले भनेका छन्, 'म मर्न तयार छु, तर देशको एकता, अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि बोलिरहने छु, लडिरहने छु र आफूले सक्दो देशको सेवा गरिरहने छु ।’
एमालेमा बौद्धिक र इमान्दार नेतामा गनिने डा पौडेल संविधानसभाको पहिलो निर्वाचनमा एमालेकाबाट समानुपातिक सभासद् बनेका थिए ।
annapurnapost
Post a Comment