नेता थापाले भन्नुभयो- संविधान कार्यान्वयन नगरी आन्दोलनरत मधेसी मोर्चाका सबै माग पुरा गर्ने हो भने अहिलेसम्म प्राप्त सबै उपलब्धि गुम्ने खतरा छ । यस्तो अवस्था सिर्जना हुनु भनेको नेपाली हार्नु र बाह्य शक्तिले जित्नु हो ।
भारततर्फ संकेत गर्दै नेता थापाले मधेसी मोर्चा अजायज माग पुरा गरिए संविधान असफल हुने त्यो दक्षिणपन्थीहरुको जित हुने भनाई राख्नुभयो ।
‘यो संविधान असफल हुँदा काँग्रेस, एमाले र माओवादीले मात्र हैन, मधेस केन्द्रित दलले पनि हार्छन् । यो संविधान असफल भयो भने फेरी लोकतन्त्रका लागि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ ।’ थापाको भनाई थियो । संविधानमा भएका कमजोरीलाई सच्याउँदै अघि बढे मात्रै देशले निकास पाउने नेता थापाको सुझाव छ ।
भारतले अहिले गरेको व्यवहारबाट देशले पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो ।
dainiknepal
Post a Comment