प्रहरीसंगै मिलेमतोमा लागुऔषधको कारोबार !
गोविन्द बस्नेत

धरान, १९ मंसिर : लागुऔषधको कारोबार गर्दै आएका धरान ८ लांघालीचोकका २४ वर्षीय सन्दिप भनिने सन्जु गुरुङलाई धरान प्रहरीले पक्राउ गरेको छ । धरानको भोटेपुलमा लागुऔषध बिक्री गरिरहेको बेला शुक्रबार राती ११ बजे पक्राउ परेका गुरुङलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो । उनको साथबाट नाईट्रोजन २१ गोटी, स्पामोप्रोक्सिभन ५४ क्याप्सुल र को २ प ९२६४ नम्बरको मोटरसाईकल बरामद भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक मिलन भट्टराईले बताउनुभयो ।
गुरुङ लामो समयदेखि लागुऔषधको डिलरका रुपमा रहेको र यसअघि पनि पक्राउ परेर छुटेको निरिक्षक भट्टराईले बताउनुभयो । धरान ८ का स्थानीयवासीका अनुसार गुरुङले धरानको तीनकुने स्थित प्रहरी बिटका प्रहरीसंग मिलेमतो गरी लागुऔषधको कारोबार गर्ने गरेका थिए । पक्राउ परेको मोटरसाईकलपनि गुरुङले एक प्रहरीबाटै किनेका थिए ।
purbelinews
Post a Comment