काठमाडौं– सरकारले साउदी अरब र बंगलादेश सरकारसँग अनुदानमा एक करोड लिटर तेल मागेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन दिन अघि परराष्ट्रमार्फत साउदी र बंगलादेश सरकारलाई औपचारीक पत्र लेखेको हो ।
नेपालमा भारतीय नाकाबन्दी तर तराई मधेशको आन्दोलनका कारण ईन्धन संकट भएपछि सरकारले विभिन्न देशबाट ईन्धन ल्याउने प्रयास गरेको छ ।
साउदी र बंगलादेशका राजदुत संग भएको कुराकानीमा अनुदानमा पेट्रोलियम पदार्थ माग गर्ने विषयमा छलफल भएकोले पत्र पठाईएको वाणिज्य मन्त्रालयका सह सचिव शिव त्रीपाठीले बताए । ‘ति देशका राजदुतहरुसंग भएको कुराकानीमा सरकारले औपचारीक पत्र पठाएमा तेल उपलब्ध गराउने बताएपछि औपचारीक पत्र पठाईसकेका छौँ ।’ उनले भने ‘परराष्ट्रमार्फत पत्र गईसक्यो होला ।’
केहीदिन अघि बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले नेपालको समस्याबारे आफूहरु चिन्तित रहेको र यो अवस्थामा सहयोग गर्न तयार रहेको बताएकी थिईन् ।
यसअघि नेपालले चिनबाट १३ लाख लिटर पेट्रोल अनुदानमा ल्याएको थियो । नेपालले चिनसंग फेरीपनि २० लाख लिटर पेट्रोल, २० लाख लिटर डिजल र पाँच हजार मेट्रिकटन ग्याँस पनि अनुदानमा उपलब्ध गराउन माग गरको छ ।
ratopati
Post a Comment