नाकाबन्दी खोल्न मधेसी मोर्चालाई भारतको सुझाव

काठमाडौं, मंसिर २१ । भारतीय विदेश मन्त्री सुष्मा स्वराज र दिल्ली भ्रमणमा रहेका मधेसी मोर्चाका नेताबीच आइतबार साँझ भेटवार्ता भएको छ ।
मधेसी नेताका लागि आयोजित रात्रीभोजमा विदेश मन्त्री स्वराजले मोर्चाका नेताहरूलाई समावेशी नेपाल बनाउन भारतको सधैं सहयोग रहने बचन दिए ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपका अनुसार भेटमा स्वराजले संविधानमा सबैको अपनत्व हुनुपर्ने र राजनीतिक समाधानमा पुगी स्थितिलाई सामान्यीकरण गर्न सुझाव दिएकी हुन ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले मधेस आन्दोलनबारे तयार पारेको तीन बुँदे साझा प्रस्ताव अस्वीकार गर्दै दिल्ली लागेका मोर्चाका नेताले आइतबार दिनभर भारतका अरु विभिन्न दलका नेतालाई पनि भेटेका थिए ।
मोर्चाका नेताहरुले भने मधेस आन्दोलन नेपालको आन्तरिक मामला भएको र भारतको तर्फबाट कुनै नाकाबन्दी नगरेको बताएका छन् । दिल्लीमा सञ्चारमाध्यमलाई फोरम अध्यक्ष उपेन्द्र यादवले नेपाली राज्यले रङ र भाषाका आधारमा आफूहरुलाई अन्याय गरेको बताए भने सद्भावना अध्यक्ष राजेन्द्र महतोले नेपालमा अहिले भारतविरोधी राष्ट्रवाद हाबी भएको बताएका थिए ।
मधेसी मोर्चासँग करिब अढाइ घन्टा लामो दुईचरणको छलफलपछि भारतले मधेसीहरुको मागमा सहमति जनाएको थियो । तर सिमा अवरोध हटाउन भने एकसाथ अनुरोध गरेको छ । नयाँदिल्लीमा कुटनितीक स्रोतहरुले बताएअनुसार विदेशमन्त्री सुष्मा स्वराजले नेपालका प्रमुख दल र मधेसी मोर्चाबीच ‘विन–विन’ हुने गरी सम्झौता गर्नुपर्ने भारत सरकारको सुझाव रहेको खबर नयाँपत्रिकाले प्रकाशित गरेको छ ।
मोर्चाका नेताहरुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने बताइएको छ ।
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget