गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आह्वानमा राजधानी क्यानबेरामा रहेको संसद भवनबाहिर बिहीबार बिहान सयौंको संख्यामा भेला नेपालीहरुले करिव डेढ घण्टासम्म प्रर्दशन गरेका थिए ।
प्रर्दर्शन भइरहँदा अष्ट्रेलियाली सांसदहरुले चासोपूर्वक हेरेका थिए । कतिपय सांसदहरुले प्रर्दशनस्थलमै आएर त्यसबारे जानकारी लिएका थिए ।
अष्ट्रेलियाका बिभिन्न भागबाट क्यानबेरा आइपुगेका नेपाली समुदायका अगुवाहरुले संसद भवन अगाडी नाराबाजी गरेपछि क्यानबेरामै रहेको भारतीय दूतावासअगाडी पनि प्रर्दशन गरेका छन् ।
गैरआवासीय नेपाली संघले नाकाबन्दीविरुद्ध संकलन गरेका हजारौं हस्ताक्षर भारतीय दूतावासमा बुझाएका छन् ।
यसअघि अष्ट्रेलियाका ६ वटै शहरमा नाकाबन्दीबिरुद्ध ठूलो संख्यामा नेपालीहरुको उपस्थीतिसहित प्रर्दशन गरिएको थियो । डार्विनमा आयोजित प्रर्दशनमा त्यहाँका सांसदले बिरोधपत्र बुझेका थिए ।
गैरआवासीय नेपाली संघले गरेको आह्वानअनुरुप अहिलेसम्म लण्डन, अमेरिकाको न्यूयोर्क, वासिङटन, बोष्टन र कोलोराडो, स्वीटरल्याण्डको जेनेभा, जर्मनीको बर्लिन, दक्षिण कोरियाको सिओल, डेनमार्कको कोपनहेगन, लक्जेमबर्गस्थित युरोपेली संसद भवन, नर्वेको ओस्लो, फ्रान्सको पेरिस, हङकङ, पोर्चुगल र इजरायलमा प्रर्दशन भइसकेको छ ।
onlinekhabar
Post a Comment