६ महिनाभित्र मधेस टुक्र्याउने यस्तो छ गोप्य योजना

काठमाडौँ, १३ पुस । संयुक्त मधेसी मोर्चाका नेता महन्थ ठाकुरले मधेस देशका लागि सबै हिसाबले योग्य भइसक्यो भन्ने अभिव्यक्ति दिए । उनको यो अभिव्यक्तिले मधेसी मोर्चासमेत मधेसलाई देशबाट टुक्र्याउने योजना त बुनिरहेको छैनन् ? भन्ने गम्भिर आशंका सर्वत्र उब्जिएको छ ।


मधेसवादी दलहरु भारतको गोटी बनेर मधेसलाई अलग देशको रुपमा स्थापित गर्ने भित्री योजनामा छन् भन्ने कुरा धेरै खालका स्रोतहरुले यसअघि दाबी गरेका थिए । हामीलाई यो पटक प्राप्त केही प्रमाणहरुले ती दाबीलाई सही नजिक डोहोर्याइदिएको छ । राजधानीमा वार्ताको नाटक गरेर नयाँ अड्को थाप्दै आएका मधेसवादी दलका केही नेताहरुको डिजाइनमा मधेसका भित्री गाउँहरुमा विखण्डनकारी आन्दोलन चर्किरहेको प्रमाण फेला परेको हो ।

मधेसवादी दलका नेता राजेन्द्र महतो, महन्थ ठाकुरलगायतका नेतासँग मधेसमै पटकपटक गोप्य छलफल गरिसकेका सिके राउतको नेतृत्वमा अबको ६ महिनाभित्र मधेसलाई देशबाट टुक्र्याउने गतिविधि तीव्र गतिमा सञ्चालन भइरहेको पाइएको हो । यो अभियानको नेतृत्व राउतको स्वतन्त्र मधेस गठबन्धनको नामबाट भइरहे पनि भित्री समर्थन र मिलेमतोचाहिँ मधेसवादी दलका केही नेताहरुको समेत रहेको स्रोतले दाबी गरेको छ ।


स्रोतका अनुसार गाउँगाउँमा निर्वाचन गर्ने तथा मधेसमा आफ्नै सरकार गठन गरेर अन्तराष्ट्रिय मान्यताका लागि आह्वान गर्ने राउत नेतृत्वको समूहको बिखण्डनकारी योजना छ । मधेस आन्दोलनका कारण मधेसी मोर्चाका कार्यकर्ता नाकामा र नेताहरु राजधानीमा रहेको देखाएर गोप्यरुपमा मधेसका गाउँहरुमा भने विखण्डनकारी योजनाको तीव्र प्रचारप्रसार गरिएको छ ।


माओवादी जनयुद्धको शैलीमा धेरै गाउँहरुमा यो योजनाका अगुवाहरुको कब्जा नै जमाइरहेका स्रोतहरुले दाबी गरेका छन् । प्रहरी प्रशासनसमेत नाका र राजमार्ग क्षेत्रमा क्रियाशील रहेकाले भित्री गाउँहरुमा विखण्डनकारीहरुले बिना रोकटोक देश टुक्र्याउने अभियान चलाए पनि सरकार र मातहतका निकायले यस्तो गम्भीर राष्टविरोधी अभियान नियन्त्रणतर्फ चासो देखाएको छैन । गाउँगाउँ पुगेका बिखण्डनकारीहरुले माओवादीले जस्तै युवा दस्तासमेत धमाधम बनाइरहेको छ । युवा दस्तालाई विभिन्न ठाउँमा हतियारको तालिम समेत दिन थालिएको समाचार स्रोतको दाबी छ । शान्तिपूर्ण ढंगले मधेसलाई अलग्गै देश बनाउन खोज्ने, दमन भए हतियारसहित प्रतिकारमा उत्रने भन्दै युवाहरुलाई तालिममा सहभागी गराउने गरिएको स्रोतले बताएका छन् । सिके राउतसँग कार्यगत एकता गरेर गोप्य काम गरिरहेका मधेसवादी दलका नेता तथा स्वयम् राउतमाथि सरकारले कडा निगरानी राख्नुपर्ने आवश्यकता देखिएको छ ।channelnp
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget