बढी मूल्यमा पेट्रोल बेच्ने भारतीय नागरिक राजधानीमा पक्राउ

काठमाडौँ, १५ मंसिर । बढी मुल्यमा पेट्रोलियम पदार्थ विक्री गर्ने काठमाडौँ महानगरपालिका–१४ बल्खु स्थित ओम नमशिवाय वर्कशपका संचालक भारत रक्सौल घर भएका २२ बर्षीय बालेश्वर शाहलाई प्रहरीले ३ सय ४० लिटर डिजेल सहित पक्राउ गरेको छ ।
साहले प्रति लिटर २ सय ३० मा डिजेल विक्री वितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीवाट खटिएको टोलीले उक्त डिजेल सहित सोमबार साहलाई पक्राउ गरेको हो ।
यसैगरी किर्तिपुर नगरपालिका–३ स्थित किर्तिपुर मोटर ड्राइभिङ सेन्टरबाट बढी मूल्यमा पेट्रोल बिक्री गरिरहेका झापा बाहुनडाँगी–८ घर भएका २२ बर्षीय मनोज गुरागाईलाई प्रहरीले सोमबार ३ सय ५ लिटर पेट्रोल सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget