आयल निगममा अर्को बदमासीको तयारी : ग्यास बुलेट खरिदमा साढे २२ करोड कमिशनको खेल

काठमाडौं –इन्धन खरिद प्रक्रिया र आपूर्तिमा अनियमितताको आरोप लागिरहेको बेला नेपाल आयल निगमले अपारदर्शी तरिकाले ग्यास बुलेट खरिद प्रक्रिया अगाडि बढाएको छ । देशलाई आवश्यक पर्ने बुलेट खरिका लागि व्यवासायीलार्ई अनुमति दिन लागिएको छ ।

निगमले ४ सय ५० वटा बुलेट खरिद गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ । छोटो अवधिको सूचना सार्वजनिक गरी व्यवासायीबाट बुलेट खरिदका लागि आशयपत्र माग गरेको आयल निगमकै कर्मचारीले आरोप लगाएका छन् । तर, केही समयअगाडी गोरखापत्रमा सार्वजनिक सुचना प्रकाशित गरी खरिदका लागि प्रक्रिया अगाडी बढाईएको निगम प्रवक्ता मुकुन्द घिमिरिले बताए । ‘देशमा ग्याँस ढुवानीका लागि बुलेट अभाव हुँदा समस्या परेकोले गोरखापत्रमै सार्वजनिक सुचना गरेर बुलेट खरिद प्रक्रिया अगाडी बढाईएको हो ।’ घिमिरेले राताीपाटीसँग भने ।

नेपालमा ग्याँस ढुवानी गर्ने आफ्नै बुलेट छैनन् । नाकाबन्दीको समयमा यसले झन् ठूलो समस्या पारेको छ । यहि मौकालाई सदुपयोग गरी बुलेट खरिद प्रक्रिया अगाडी बढाईएको हो । खरिद प्रक्रियाका लागि इच्छुक व्यवसायीलाई आह्वान गरिएको सार्वजनिक सूचनापछि ८६ जनाले खरिद गर्ने आशयसहित निगममा निवेदन दर्ता गराएको स्रोतले बतायो । पेट्रोलिय पदार्थ भिाउन नीजि कम्पनीलाई अग्रिम भुक्तानी दिएको विषयमा निगम विवादमा तानिएको थियो ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget