गीतकार बिनाबीका अनुसार नेपाल टेलिभिजनले उनको गीत सुनेपछि भिडियो बनाइदिने वचन दिएको थियो । तर, लामो समयसम्म अल्झिएपछि उनी आफैं कस्सिएर भिडियो तयार गरेका थिए ।
तर, भिडियो निर्देशन गर्ने पराजन केसी भने एनटिभीकै कर्मचारी हुन् । भिडियो छायांकन गर्ने क्यामरा पनि एनटिभीकै हो ।
युट्युबमा भने अगष्ट ४ २०१५ मै भिडियो प्रसारणमा आइसकेको छ ।
बिनाबीका अनुसार भिडियो प्रसारणका लागि एनटिभीका निर्देशक प्रकाशजंग कार्कीलाई अनुरोध गर्दा प्रसारण गर्न नमिल्ने बताएका हुन् । भिडियोमा प्रयोग भएको युद्धको दृष्य एनटिभीकै लाइब्रेरीबाट लिइएपनि एनटिभी निर्देशकले युद्धको ठाउँमा खोला, पहाडजस्ता दृष्य राख्न भनेको गीतकार बिनाबीले सेतोपाटीलाई बताए ।
गीतमा सरु परियारकाे स्वर रहेकाे छ भने बसुन्धरा भुषालले भिडियाेमा अभिनय गरेकी छिन् ।.setopati
Post a Comment