आतंकवादी आईएसको घोषणापत्र सार्वजनिक, भारतलाई दियो कडा धम्की

काठमाडौं, १७ मंसिर । मुश्लीम समुदायको अधिकारका लागि लडिरहेको इश्लामिक अतिवादी संगठन इश्लामिक स्टेट (आईएस)को घोषणा पत्र सार्वजनिक भएको छ ।
सिरिया र इराकको केही भाग कब्जामा लिएर पश्चिमा मुलुकमा आतंक मच्चाइरहेको आईएसले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हिन्दु अतिवादी’को आरोप लगाएको छ । उसले अबको युद्ध भारतमा केन्द्रित हुने धम्की समेत दिएको छ ।
भर्खरै फ्रान्सको राजधानी पेरिसमा आक्रमण गरी १३२ जनाको ज्यान लिएको आइएसले आफ्नो घोषणापत्रमा भनेको छ- ‘अब यो अभियान भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान लगायतका मुलुकमा विस्तार हुनेछ । हाम्रो पहिलो आक्रमण भारतबाट सुरु हुनेछ ।’
घोषणापत्रमा भारतको राजनीतिक अवस्थाको विश्लेषण गर्दै आईएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिवादीको संज्ञा दिएको छ । ‘भारतमा हिन्दुहरुको गतिविधि निकै बढेको छ, जसले गाई खाएको अभियोगमा मुस्लिमहरुलाई मारिरहेका छन्’ आइएसको घोषणापत्रमा भनिएको छ ।
भारतमा मुस्लिममाथि ज्यादती भएका कारण त्यहाँ आइएसको गतिविधि बढाउनुपरेको घोषणापत्रमा बताइएको छ । आगामी दिनमा हरेक देशमा आइएसले युद्ध गर्ने भन्दै उसले विश्वभर रहेका डेढ अर्ब मुस्लिमलाई आफ्नो शक्तिका रुपमा ब्याख्या गरेको छ ।
यसअघि पनि आईएसले एक भिडियो जारी गर्दै भारतलाई धम्की दिएको थियो । (एजेन्सीको सहयोगमा)
-dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget