काठमाडौं, मंसिर १७ । काठमाडौंमा खाने तेलको अभाव चर्किएका बेला प्रहरीले राजधानीको जडिबुटीबाट पाँच ट्रक खाने तेल बरामद गरेको छ ।
जडिबुटीस्थित केएल दुगडको गोदाममा प्रहरीले विहीबार छापा मारेर लुकाइ राखेको पाँच ट्रकभन्दा धेरै खाने तेल बरामर दगरको हो । प्रहरीले दुगड ग्रुपका म्यानेजर अमन जैनलाई पक्राउसमेत गरको छ ।
स्वस्तिक आयल इन्डष्ट्रिजबाट उत्पादित धारालगायतका खाने तेल सो गोदामबाट बरामद भएको प्रहरीले जनाएको छ ।
भारतबाट आपूर्ति नभएको बहानामा तिहारअघिदेखि नै खाने तेलको मूल्य दोब्बरभन्दा बढाइएको थियो । नाकाबन्दीअघि डेढ सय रुपैयाँ प्रतिलिटर पर्ने धारा तेल अहिले बजारमा साढे तीन सयसम्ममा बिक्री गर्ने गरिएको छ ।
३ सय २० रुपैयाँको स्टिकर टाँसेर बजारमा पठाउन ठिक्क पारिएको अवस्थामा तेल बरामद गरेको महानगरीय प्रहरीले जनाएको छ । दुगड समूहका अन्य गोदामहरुमा पनि निगरानी बढाइएको पनि प्रहरीले बताएको छ ।
महानगरीय प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले ‘मुलुक संकटमा फसेको बेला अभाव सिर्जना गरेर रातारात करोडपति बन्नेहरुलाई कानुनी दायरामा ल्याउने’ दृढता ब्यक्त गरेका छन् ।
दुगड समूह धारालगायतका खाने तेलको एकल वितरक हो ।
यसैबीच, जडिबुटी क्षेत्रका सर्वसाधारणले आपूmहरुलाई प्रहरीले दुगडको गोदाममा प्रवेश गर्न नदिएको भन्दै आक्रोश पोखेका छन् ।
imagekhabar
Post a Comment