राजेन्द्र महतोले यसरी गरे वीरगन्ज नाका खोल्ने उद्घोष

विराटनगर, वीरगन्ज, माघ २१ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज–रक्सौल नाका मात्रै बन्द गरेर आन्दोलन सफल नहुने भन्दै सो नाका खोल्नुपर्ने बताएका छन् ।

भारतको बिहार पुगेर फर्किएका महतोले विहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नाका बन्द हुँदा वीरगन्जलगायत तराई क्षेत्रको आर्थिक अवस्था धरासायी बनेकाले नाका खोल्नुपर्ने बताए ।

महतोले अब बस्ने मोर्चाको बैठकमा नाका खोल्ने प्रस्ताव आफैंले लैजाने पनि बताए ।

नाका खोल्ने विषयमा मोर्चामा आबद्ध अन्य दलका नेताहरुलाई सकारात्मक हुन उनको आग्रह थियो ।

महतोले अधिकांश नाका सुचालु भइसकेको अवस्थामा एउटामात्र नाका बन्द गर्नुको तूक नहुने पनि उल्लेख गरे ।

नाका बन्द गरेपनि सरकारले आफूहरुका मागमा बेवास्ता गरिरहेको भन्दै सद्भावना पार्टीका अध्यक्ष महतोले आन्दोलनको स्वरुप परिवर्तन गरिने बताए ।
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget