एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने सरकारको कार्ययोजना सार्वजनिक

सरकारले भारतबाट ५ सय ८० मेगावाट विद्युत आयात गरी आधारभूत रुपमा एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना सार्वजनिक गरेको छ।

उर्जा मन्त्रालयले बिहीवार प्रधानमन्त्री केपी शर्माको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी भारतबाट ५ सय ८० मेगावाट विद्युत आयात गरेर एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना सार्वजनिक गरेको हो।

उर्जा मन्त्रालयकै अनुसार एक वर्षपछिको सुख्खायाममा १ हजार ४ सय २३ मेगावाट विद्युतको माग हुनेछ। उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षपछिको सुख्खायाममा १ हजार ६७ मेगावाट विद्युत व्यवस्था गर्ने बताए। उनले कुलेखानी पहिलो र दोस्रो जलाशययुक्त आयोजनाबाट ९२ मेगावाट, निजी क्षेत्रबाट २ सय मेगावाट तथा सौर्य र वायुबाट १ सय मेगावाट विद्युत उत्पादन गरिने बताए। राष्ट्रिय प्रसारणमा ६ सय ८४ मेगावाट विद्युत जडान भएकामा सुख्खायाममा जम्मा २ सय २८ मेगावाट विद्युत उत्पादन हुने गरेको छ।

उपप्रधानमन्त्री तथा उर्जामन्त्री रायमाझीले आन्तरिक उत्पादनबाट लोडसेडिङको अन्त्य गर्न सम्भव नरहेकाले भारतबाट ५ सय ८० मेगावाट विद्युत आयात गर्ने व्यवस्था गरिने बताए। उनले एक वर्षपछिको वर्षायाममा भने १ हजार ५ सय ६७ मेगावाट विद्युतको व्यवस्था गरी लोडसेडिङ पूर्णरुपमा अन्त्य गर्ने दाबी गरे।

उर्जा मन्त्रालयको कार्ययोजनामा २ वर्षभित्र भारतबाट ९ सय ३० मेगावाट आयात गरेर १ हजार ८ सय ५० मेगावाट विद्युतको व्यवस्था गर्ने उल्लेख छ। दुई वर्षभित्र सौर्य तथा वायुबाट उत्पादित विजुली २ सय मेगावाट पुर्याउने उर्जा मन्त्रालयको दाबी छ। उपप्रधानमन्त्री तथा उर्जामन्त्री रायमाझीले उत्पादन बढाउन बुढीगण्डकी, नलसिङगाढ, सुनकोशी, उत्तरगंगा, शारदा, बबई जस्ता जलाशययुक्त आयोजनाहरु तत्काल सुरु गरिने तथा भूकम्पबाट क्षतिग्रस्त आयोजनाहरुलाई सरल ऋणको व्यवस्था गरिने बताए।
setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget