यसअघि केनसिनटोन प्यालेसले ट्विट गर्दै राजकुमार ह्यारी नेपाल जान लागेको जनाएको थियो। उसले ट्विट गर्दै, राजकुमार ह्यारीले यो स्प्रिङमा नेपालको अफिसियल भ्रमण गर्ने छन् भनी उल्लेख गरेको थियो ।
सुरक्षाको कारण देखाउदै केनसिनटोन प्यालेसले भ्रमणको मिति लगायतको बिस्तृत विवरण सार्वजानिक नगरेको दूतावासको भनाइ छ। राजकुमार ह्यारीको बेलायतबाट नेपालमा पहिलो पटक राजकीय भ्रमण हुन लागेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दे बेलायतका लागि कार्यवहाक राजदूत तेज बहादुर क्षेत्रीले नेपाल पर्यटकहरुका लागि सुरक्षित गन्तव्य भएको बताए । भूकम्पबाट क्षतिग्रस्त नेपाललाई सबैले सहयोग गर्नुपर्ने बेला भएको जिकिर गर्दै उनले पर्यटकहरु त्यसको आधार हुन सक्ने औंल्याएका थिए। नेपाल भौगोलिक सुन्दरता र सांस्कृतिक विविधताको धनि देश भएको बताउंदै उनले पटक पटक नेपाल भ्रमण गर्नका लागि आग्रह गरे
'ए रिसेप्सन फर द लुइसहाम नर्थ स्काउट्स नेपाल इक्स्पीडिसन २०१६' नाम दिइएको उक्त कार्यक्रममा आगामी महिना नेपाल भ्रमण गर्ने ४३ जना स्काउट सदस्यहरुलाई सम्मान गरिएको थियो।
आयोजक एभरेष्ट इन ग्रुपका प्रमुख पशुपति भण्डारीले नेपालको पर्यटन विकासमा आफुहरुले सक्दो पहल गरिरहेको बताए ।
विगत केहि बर्षदेखि लगातार सात पटकसम्म नेपाल भ्रमण गरिसकेका ब्रिटिश नागरिक म्याथु हनले नेपाल अति सुन्दर र सहृदयीहरुको देश भएको बताए। कार्यक्रममा यसअघि नेपाल भ्रमण गरिसकेका बेलायती किशोरहरु जोय इविङ र जोर्ज रबिन्सनले पनि नेपाल भ्रमणका लागि अति सुन्दर देश भएको बताउँदै नेपाल मनोरञ्जन लिने तथा शाहसिक सबै प्रकारका पर्यटकहरुका लागि उचित गन्तव्य भएको बताए ।
nagariknews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.