मृत्यु हुनेको संख्या यकिन हुन बाँकी
जर्मनीमा दुईवटा रेल एकआपसमा ठोक्किँदा १०० भन्दा बढी घाइते भएका छन् भने मृत्यु हुनेको संख्या यकिन हुन सकेको छैन।
मंगलबार बिहान भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको एक स्थानीय रेडियोले जनाएको छ। तर अधिकारीहरुले भने अहिलेसम्म मृत्युहुनेको संख्या यकिन भइनसकेको बताएका छन्।
दक्षिणी बभारियन प्रान्तमा भएको दुर्घटनामा १००जना भन्दा बढि घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
उद्धारका लागि ८ वटा हेलिकप्टरको प्रयोग भइरहको छ।
setopati.
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.