मुम्बई– २०१५ को अन्तिममा रणबीर कपुर कैटरिना कैफले आफ्नो सम्बन्धलाई तोडे। रणबीरसँगको सम्बन्धलाई तोडेपछि कैटरिना पुन सलमान खानसँग देखा परिन्। भारतीय संचारमाध्यमका अनुसार कैटरिना र सलमानबीच एक क्याफेमा गोप्यरुपमा भेट हुँदै आएको छ।
कैटरिना र सलमानबीचको गोप्य भेटघाटलाई दिएर कैटरिनासँग संचारमाध्यमले धेरै सवाल जवाफ गरेका छन्। कैटरिनाले रणबीरसँग अलग हुनु अगाडि सलमानसँग घण्टौं फोनमा कुराकानी गर्ने गरेको खुलासासमेत भएको छ। त्यतिमात्रै होइन कैटरिनाको फिल्म फितूरको प्रमोशनपछि मुम्बई आएकी कैटरिना र सलमानबीच राति अबेरसम्म एक रेष्टुरेन्टमा बिताउने गरेका छन्।
तर सो कुरालाई गलत भन्दै कैटरिनाका प्रवक्ताले दुई जनाको मात्र रेष्टुरेण्टमा भेट नभएको भन्दै सो रात अधिकांश बलिउड स्टार सो रेष्टुरेण्टमा रहेको दाबी गरे। रणबीरसँगको ब्रेकअपपछि पनि कैटरिनाले आफ्नो फिल्म फितूरको प्रमोशनलाई प्रशस्त समय दिएकी छिन्। उनले अहिलेसम्म रणबीरसँग ब्रेकअप भएको विषयमा मुख खोलेकी छैनन्।
nagariknews
Post a Comment