वैज्ञानिक फिल प्लेटका अनुसार उक्त उल्कापिण्डको शक्ति हालै खसेको उल्का पिण्डभन्दा ४० गुणा बढी थियो । प्लेट भन्छन्, ‘हालै खसेको उल्कापिण्ड मानव वस्तीभन्दा धेरै टाढा खसेको हुँदा धेरैले थाहा पाएनन् ।’
अझै छ खतरा
अमेरिकी स्पेस एजेन्सी नासाले पृथ्वी नजिकै घुमिरहेका १२ हजार ९९२ उल्कापिण्डहरु पहिचान गरेको छ । जसमध्ये १ हजार ६०७ वटा पृथ्वीसँग ठोक्किन सक्ने खतरामा छन् । दुई वर्षअघि १ सय फिट चौढाई भएको उल्कापिण्ड पृथ्वीको नजिकैबाट गुज्रिएको थियो । यस पटक मार्च ५ का दिन यो फेरि पहिलेभन्दा नजिकैबाट गुज्रने वैज्ञानिकहरु बताउँछन् । यसपटक यो पृथ्वीभन्दा १७ हजार किलोमिटर टाढाबाट गुज्रने अनुमान गरिएको छ । जुन चन्द्रमाको दुरीभन्दा २१ गुणा नजिक हो ।
मार्च ५ मा पृथ्वी नजिकैबाटै उल्कापिण्ड गुज्रिए पनि यसले पृथ्वीमा कुनै खतरा हुनेछैन । तर, वैज्ञानिकहरुले लामो समयदेखि यस्ता उल्कापिण्डबाट पृथ्वीमा खतरा रहेको बताउँदै आएका छन् । प्रोपेसर ब्रायक कक्स यस्ता उल्कापिण्डले पृथ्वीको जीवनलाई नै समाप्त पार्न सक्ने बताउँछन् । डेली मेलसँग कुरा गर्दै उनले भने, ‘कुनै उल्कापिण्डमा हाम्रो पृथ्वीको नाम लेखिएको छ ।’ वास्तवमा केही महिनाअघि मात्र पृथ्वी बालबाल बाँचेको थियो । ४६ वर्षीय कक्स भन्छन्, ‘हामीले त्यो पहिले देखिनौं । हामीले यस्ता सम्भावनालाई धेरै ख्लान पनि गरिरहेका छैनौं ।’
तर, अहिले नासाले पृथ्वीका लागि खतरा भनेर पहिचान गरिएका उल्कापिण्डहरुको नजिकबाट अध्ययन गरिरहेको छ । पूर्व अन्तरिक्षयात्री एड लु पृथ्वी भाग्मानी रहेको बताउँछन् । ‘हामी भाग्यमानी भएरै ठूला उल्कापिण्डहरु पृथ्वीसँग ठोक्किएका छैनन् । त्यही भएर आजसम्म पृथ्वीमा जीवनमा रहेको छ ।’ratopati
Post a Comment