वीरगन्ज नाकाबाट ८ सय गाडी भित्रिए
वीरगन्ज- आन्दोलनरत मधेसवादी दलहरुको धर्नाले एक सय ३४ दिनसम्म थुनिएपछि खुलेको बीरगन्ज नाका भएर भारत तथा तेस्रो मुलुकका मालसामान बोकेका सवारी साधान भित्रिने संख्या बढ्दो क्रममा छ।
नाका खुलेको दिन शुक्रवार ६०, भोलीपल्ट शनिवार करिव एक सय २० भित्रिएका मालवाहक गाडी आइतबार करिब ६ सय वटा भित्रिए।
वीरगन्ज भन्सार कार्यालयका अनुसार आइतबारसम्म निर्वाध रुपमा करिब ८ सयभन्दा बढी मालवाहक सवारी साधन भित्रिएका छन्। कार्यालयका सूचना अधिकारी रहेका भन्सार अधिकृत सुशील शर्माले ट्रक र कन्टेनर लगायत ८ सय मालवाहक सवारी ३ दिनमा वीरगन्ज भन्सारमा पैठारी भएको बताए। पहिले नै रक्सोल भन्सारबाट निकासी भएर सिमामा थन्किएका किलिंकर बोकेका गाडी पनि यसमा सामेल रहेको उनले जानकारी दिए।
भित्रिएको मालसामानमा कपडा, मेशिनरी, हार्डवेयर, केमीकल, इलोक्ट्रोनिक्स बस्तु, प्लास्टिकका सामान, सृंगारका सामान, फलाम, क्लिंकर, स्लेग लगायत बस्तुछन् । अरु दैनिक उपभोग्य बस्तुमा पनि बिभिन्न खाले सामान भित्रिएको छ । वीरगन्ज भन्सार भएर मालसामान भित्रिन थालेपछि लामो समयदेखि काम नपाएका र थन्किएका मालवाहक गाडी पनि सामान ओसार्न ब्यस्त छन् । 'भारतको बिभिन्न सहरहरुबाट सामान लिएर आएका र रिरुट नगरिएका कन्साइन्मेन्टका सामान ब्यपारीहरुले रक्सोल कै गोदाममै खन्याएर बिलम्ब शुल्क लागिरहेको गाडी खाली गरी पठाएका थिए,' रक्सोलस्थित एक ट्रान्सपोर्टका प्रतिनिधि राजन कुमारले भने, 'अहिले ब्यपारीहरुलाई रक्सोलका गोदामबाट ति मालसामान निकाल्न हतारो छ ।'
रक्सोल सिमामा त्यसरी लामो समयसमम रोकिएका सामान नाका खुल्नु अगावै ब्यपारीले बढी ढुवानी भाडा र अतिरिक्त रकम तिरेर मगाउन सुरु गरिसकेका थिए । त्यसतै मालसामान भित्र्याउँदा धर्नाकारी र मोटो रकमबापत ढुवानीको जिम्मा सकार गरेकाहरुबीच सिमामा पटक पटक झडप पनि भएको थियो । ट्रकबाट ओरालेर गोदाममा थन्काइएका त्यही मालसामान अहिले टायरगाडामा रक्सोलबाट वीरगन्ज भन्सारमा ल्याउदै गरेको देखिन्छ । नयाँ गाडीका चेंचिस, नयाँ ट्याकटर र जिप, कार, भ्यान पनि नाका खुलेपछि भित्रिएका छन् ।
नका खुलेर निर्वाधरुपमा मालसमान आउन थालेपछि भन्सार कार्यालयको राजश्व असुलीमा पनि क्रमिक वृद्धी भएको छ। आइतबार करीब ६ करोड ५५ लाख रुपैयाँ राजश्व उठेको शर्माले बताए । वीरगन्ज भन्सारले यसअघि नाका खुलेको दिन शुक्रबार ८८ लाख र शनिवार शनिबार ३ करोड ८५ लाख ररुपैयाँ राजश्व उठाएको थियो । यो आर्थिक बर्ष दैनिक ३० करोड रुपैया राजश्व असुलीको लक्ष्य रहेको भन्सारले नाका खुल्नुअघि सिमामा जति खुकुलो हुँदा पनि दिनको ५० लाखभन्दा बढी राजश्व उठाउन सकेको थिएन। नेपाल भारत मितेरीपुलमा रहेको मधेसी मोर्चाको धर्नास्थल शुक्रबार स्थानीय र भारतीय व्यापारी हटाई दिएपछि वीरगन्ज नाका सुचारु भएको थियो । नाका सुचारु भए पनि इन्धन भने आएको छैन । शनिवार ३ वटा ग्यास बुलेट र एउटा डिजेल ट्यांकर मात्र आएका थिए। रक्सोलबाट इन्धन ढुवानी गर्ने ट्यांकरहरु अर्को रुट भएर ढुवानीको इजाजत लिएकाले इण्डियन आयल कर्पोरेशनको मुम्बई कार्यालयबाट रिरुट गराउनु पर्ने भएपछि यस नाकाबाट आउन नसकेको जानकारी वीरगन्ज भन्सारले दिएको छ ।
कच्चापदार्थ बढी
आयात भएकामध्ये ५ सय ओटा ट्रक क्लिङ्कर र स्लेगका रहेको भन्सार अधिकृत शर्माले बताए। क्लिंकर र स्लेग सिमेन्ट बनाउन प्रयोग हुने कच्चा पदार्थ हुन् । मध्य क्षेत्रमा रहेका धेरैजसो सिमेन्ट उद्योगका लागि चाहिने कच्चा पदार्थ भारतीय रेल्वेको रक्सोलस्थित स्टेसन भएर आउने गरेको छ । सिमेन्ट उद्योगले मगाएका किलिंकर भित्रिन नसकेपछि ल्याएर सिमामा राखिएको थियो ।
त्यसै गरी फलाम उद्योगले कच्चा पदार्थको रुपमा आयात गर्ने एचआर सिट बोकेका गाडी पनि यसबिचमा आएका छन् । उद्योगहरुले प्रयोग गर्ने केमिकल पनि भित्रिएको छ । 'अरु नकाबाट कच्चा पदार्थ मँगाएर हामी बजारमा नटिक्ने अवस्था थियो, बिरट नगर र भैरहवालाई नजिकैको नाकाबाट आउने कच्चा पदार्थ वीरगन्ज करिडोरकाले दोब्बर भाडा र समय लगाएर मगाउने गरेका थिए,' नेपाल उद्योग बाणिज्य माहासंघका सदस्य विजय सरावगीले भने, 'पारी नै अलपत्र परेका कच्चा पदार्थ भित्रिएपछि औद्योगलाई निश्चितरुपमा राहत भएको छ ।'
nagariknews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.