इण्डोनेशियामा राति फेरि गयो ६.५ रेक्टर स्केलको भूकम्प
काठमाडौं, २९ माघ । भूकम्पको ठूलो धक्का महसुस भएको एक महिनापछि इण्डोनेशियामा शुक्रबार राति शक्तिशाली भूकम्प गएको छ ।
इण्डोनेशियाको स्थानीय समयअनुसार शुक्रवार मध्यराति १ बजेतिर ६.५ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ । नेपालमा उक्त समय दिउँसो ३ बजेर ३२ मिनेट हुन आउँछ । यो भूकम्पको गहिराई जमिनबाट २० किलोमिटर तल रहेको थियो ।
भूकम्पपछि सुनामीको कुनै खतरा भने छैन् । यद्यपी इण्डोनेशियामा गएको महिना १२ जनवरीमा पनि ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको विस्तृत विवरण आउन बाँकी रहेको भारतीय च्यानल आजतकले उल्लेख गरेको छ ।
dainiknepal
Post a Comment