प्रधानमन्त्री केपी शर्मा भारतको इन्दिरा गान्धी विमानस्थलमा ओर्लिएका छन् । प्रधानमन्त्री ओलीको ६ दिने भारत भ्रमण राजकीय भनिएपनि यस अघिका राजकीय भ्रमणको स्वागतमा जस्तो भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उनलाई स्वागत गर्न विमानस्थलमा आएनन् ।
ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराज सहितको टोलीले विमानस्थलमा स्वागत गरेको छ । प्रधानमन्त्री ओली अघि दिउँसो ३ बजे नेपाल वायु सेवा निगमको जहाजबाट दिल्लीका लागि प्रस्थान गरेका थिए ।
प्रधानमन्त्रीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, भूकम्प पछिको पूनः निर्माण प्राधिकरणका कार्यकारी प्रमुख, सांसद, सरकारका मुख्य सचिव तथा सञ्चारकर्मीहरु समेत सहभागी छन्।
ओलीका कारण ३ विमान आकाशमा घुमेको घुम्यै
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनीसहितको गोप्य सुझाव
ओली भारत भ्रमणका गोप्य ३ एजेण्डा !
भोलि शनिबार ओलीले भारतीय राष्ट्रपति भवनमा गार्ड अप अनर ग्रहण गर्ने र महात्मा गान्धीको समाधीस्थल पुगेर श्रद्धाञ्जली ब्यक्त गर्ने कार्यक्रम छ ।
शनिबार नै ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री निवास हैदरवाद हाउसमा भेट्ने छन् । मोदीको भ्रमणपछि उनको सम्मानमा दिवा भोजको आयोजना हुनेछ ।
भारतमा रहँदा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग पनि शिष्टाचार भेट गर्नेछन् । दिल्लीमा ओलीले नेपाली समुदाय तथा भारतीय मिडियासँग समेत अन्तरक्रिया गर्नेछन् ।
भ्रमणको अन्त्यतिर ओलीले भारतको उत्तराखण्डमा पर्ने टिहिरी बाँध जलविद्युत आयोजनास्थलको भ्रमण गर्नेछन् । त्यसपछि ओली गुजरात पुगेर भूकम्पपछिको पुनः निर्माणबारे अवलोकन गर्नेछन् ।
६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री ओली फागुन १२ गते स्वदेश फर्कने कार्यक्रम छ।
nepaliheadlines
Post a Comment