हनुमान अझै जिउँदै छन्, यस्ता छन् प्रमाण

कुशल श्रेष्ठ

हिन्दु धर्म ग्रन्थका कथाहरूलाई राम्रोसँग बुझ्ने कोशिस गर्यो भने यी कथाहरू एकदमै रोचक छन्। देवता र राक्षस, राजा र रानीको कथा मात्रै होइन, कुनै कुनै पक्षहरू यस्ता रहस्यमय अनि अपूर्ण छन् कि त्यसको बारेमा घोरिएर सोच्न बाध्य भइन्छ।

हामीले सुनेका थियौँ कि, आत्मा कहिल्यै मर्दैन अनि एउटा रूपबाट अर्को रूपमा जन्म लिइरहन्छ। तर हिन्दु धर्मका अनुसार, कुनै कुनै प्राणीहरू युगौँ युगसम्म पनि एउटै रूप लिएर पृथ्वीमा बसिरहन्छन् भन्ने विश्वास गरिन्छ। जसमध्ये रामभक्त हनुमान पनि एक हुन्।

जे भएपनि, तपाईँहरू मध्ये कसैले हनुमानको मृत्यु भएको कतै सुन्नुभएको छ?

)हनुमानलाई शिव भगवानको अवतार मानिन्छ। राम पनि विष्णु भगवानका अवतार थिए। तर, रामले जस्तै हनुमानले पनि नश्वर अवतार छाडेर गएको कतै उल्लेख गरिएको छैन। उनी स्वर्गमा गएको कथा पनि कतै सुनिन्न। त्यसैले गर्दा नै कतिपयले हनुमान अझै पनि हामीबीच नै छन् भन्ने विश्वास गर्छन्।

राम र सीताले नै हनुमान अमर बनाए

हिन्दु ग्रन्थका अनुसार, श्रीराम र सीता माताले हनुमानलाई अमर रहने वरदान दिएका थिए, किनकी जबसम्म मानवजातीले रामको नाम पुकार्नेछन् तबसम्म हनुमानले पृथ्वीमा बसेर रामभक्तहरूको लागि ज्ञान बाँढ्न चाहन्थे।

रामायणको घटना त्रेता युगमा घटेको थियो, त्यसै गरी महाभारत द्वापर युगमा भएको थियो। तथापी, ग्रन्थहरूमा महाभारतको पालामा पनि हनुमानले भिमलाई भेटेको उल्लेख गरिएको छ। त्यसको मतलब द्वापर युगमा पनि हनुमान जिउँदै थिए। अनि अहिले कलियुगमा पनि हनुमान जिउँदै छन् भन्ने भक्तालुहरू विश्वास गर्छन्।

प्राचीन कालका केहि विद्वान व्यक्तिहरूले हनुमानलाई देखेको दाबी गरेका थिए। १३औँ शताब्दीमा ऋषी माधवाचार्यलाई हनुमानले भेट्न आएको भनेर इतिहासमा उल्लेख नै छ। सन् १६०० को प्रारम्भिक समयतिर, हनुमानले तुलसीदासलाई भेट्न आएर हिन्दी भाषामा रामायण लेख्न प्रेरित गरेको पनि उल्लेख छ। त्यसै गरी, रामदास स्वामी, राघवेन्द्र स्वामी, स्वामी रामदास र श्री सथ्य साइ बाबाले पनि हनुमानको दर्शन पाएका थिए।

त्यसो भए कहाँ बस्छन् हनुमान?

हनुमानको बासस्थान भारतको तमिल नाडु जिल्लामा पर्ने रामेश्वरम नजिकै भएको ‘गन्दमदना पहाड’मा रहेको भक्तालुहरू विश्वास गर्छन्।

 nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget