काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्ना विभिन्न विज्ञ (सल्लाहकार) मा छ जनालाई नियुक्त गरेकी छन् ।
नियुक्त भएका विज्ञमा धनहर्क राई (होमटाङ–८, भोजपुर), सुशील प्याकुरेल (कलङ्की, काठमाडौं), डा मदनकुमार भट्टराई (कालिकास्थान, काठमाडौं), डा मीना आचार्य (कामपा–१०, बानेश्वर काठमाडौं), जगन्नाथ महासेठ (जनकपुर–९ धनुषा) र माधव शर्मा (पोखरा–७, कास्की) रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
annapurnapos
Post a Comment