आमहडताल र नाकाबन्दी फिता लिने मोर्चाको तयारी

माघ २१, मोरङ ।
सरकार र प्रतिपक्षी नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सोमवार भएको छलफल पछि ब्युताइएको कार्यदलस्तरमा सिमांकनका विषयमा केही लिखित सहमति हुने र त्यसपछि मोर्चाभित्र पनि समयाबधी तोकेर आमहडताल र नाकाबन्दी फिर्ता लिने तयारी सुरु भएको छ ।
मोर्चाका शीर्ष नेतृत्व तहमा पनि नाकाबन्दी खोल्ने बिषयमै एकमत अझै भइनसकेपनि आन्दोलनको स्वरुप परिवर्तन गर्ने बिषयमा भने सबै नेताहरू एकमत भएका छन् । नाकाबन्दी समयाबधी तोकेर फिर्ता लिएपनि आन्दोलनलाई भने कुनै न कुनै रुपमा जारी नै राख्ने तयारी गरिएको छ ।
‘केही समय विराम लिएर समयाबधी तोकी आमहडताल र नाकाबन्दी फिर्ता लिने समबन्धमा मोर्चाको शिर्षतहमा छलफल भईरहेको छ’ मोर्चाका एक नेताले कान्तिपुरलाई भने– ‘तोकिएको समयाबधी भित्र पनि हाम्रो माग सुनुवाई नभए उक्त अबधीमा शक्ति संचय गरि फेरी नाका केन्द्रित आन्दोलनलाई उचाल्नेछांै ।’ ती नेताका अनुसार लामो समयदेखी अलगथलग भएको सरकार र मोर्चाबीचको छलफल सोमवार अचानक हुनु प्राबिधिक रुपमा त्यसकै तयारी स्वरुप भएको हो । माघ २२–२३ गतेभित्र कार्यदलस्तरमा सहमति जुटाउने प्रयत्न सफल भए एक हप्ता भित्रै राजधानीमा हुने मोर्चाको बैठकले आन्दोलनको स्वरुप वारे निर्णय लिनेछ ।
मोर्चाका तिना जना नेता उपेन्द्र यादब, राजेन्द्र महतो र महेन्द्र यादब आन्दोलनको समर्थनका लागि बिहारी नेता भेटन पटनामा रहदा महन्थ ठाकुर सहित अन्य पार्टीका दोश्रो तहका नेताहरु सोमवार सरकार र प्रतिपक्षी काग्रेस सहितको छलफलमा सहभागी भएर आफैले औचित्य सकिएको घोषणा गरेको कार्यदललाई पुन: ब्युताउने निर्णय गरेका थिए । अचानक त्यो बैठक गराउनु र कार्यदललाई सक्रिय वनाउनुमा भारतीय पक्षको पनि हात रहेको स्रोतको दाबी छ ।
लामो आन्दोलनका कारण मधेशकै जनता बढी पीडित भईरहेको,तस्करीको मालसामान काठमाण्डौ सम्म पुगेकाले नाकाबन्दी र आमहडतालको प्रभाव काठमाण्डौमा पर्न नसकेको लगायतका कारणले मोर्चाका नेताहरू समयाबधी तोकेर आन्दोलन फिर्ता लिने तर त्यस अघि कार्यदल स्तरमा सिंमाकनका विषयमा एउटा सहमति गर्ने सोचाई वनाएका छन् ।
नाकाबन्दीकै विषयमा भने मोर्चाका नेताबीच अझै मत बाझिएको छ । मोर्चास्रोतका अनुसार फोरम अध्यक्ष यादब र तमलोपा अध्यक्ष ठाकुर विरगञ्ज नाकालाई वार्गेनिङ प्वाइन्टको रुपमा राखेर अन्य नाका आफै सहज रहेकाले नाकाबन्दी खोल्न नहुने बताईरहेका छन् भने महतो सबै नाका खुल्ला भईसकेको अबस्थामा विरगञ्ज मात्रै किन बन्द गर्ने भन्दै त्यो पनि खोल्नुपर्ने पक्षमा छन् ।
व्युँताईएको दलीय कार्यदलमार्फत सिमांकनका विषयमा एउटा ठोस सहमति बन्ने तयारी भइरहेको र त्यसलाई लिखित रुपमा सहमति गर्न सरकार र मोर्चा दुबै पक्ष तयार हुने लबिङ भईरहेको छ । शहर राजमार्ग केन्द्रित आन्दोलनमात्रै गर्दा मानविय क्षति मात्र भएको, मधेशका जनता बढी पीडित भएको लगायतका समस्याका कारण मधेशी मोर्चाका नेताहरू आन्दोलनको स्वरुप परिवर्तन गर्ने पक्षमा पुगेका हुन् ।
आमहडताल र नाकाबन्दी फिर्ता लिनेवारे विराटनगरमा रहेका सदभावना अध्यक्ष राजेन्द्र महतोले तत्काल विरगञ्ज नाका पनि खोल्नुपर्ने बताएका छन् । मोर्चाका नेताहरू महन्थ ठाकुर र उपेन्द्र यादब नाकाबन्दी जारी रहने बताईरहेका बेला सदभावना अध्यक्ष महतोले विरगञ्ज नाका पनि खोल्नुपर्ने बताएका हुन् । मधेशी मोर्चाले नाकाबन्दी सुरु गर्दा महतो विरगञ्जमा नाका अबरुद्ध गर्ने नेतृत्व गर्दे लामो समय सम्म उक्त नाको धर्नामा सहभागी भएका थिए ।
बिहिवार बिहान कान्तिपुरसित विराटनगरमा कुरा गर्दे महतोले भने–‘विरगञ्ज नाका मात्रै बन्द गरेर नाकाबन्दी हुदैन्, कि त सबै नाका बन्द गर्नुपर्‍यो नभए विरगञ्ज नाका तत्काल खोल्नुपर्‍यो ।’
महतो शुक्रवार विराटनगरबाट काठमाण्डौ जादैछन् ।
विरगञ्जमा रहेका फोरम अध्यक्ष यादबले भने– ‘म अहिले भबिष्यवाणी गर्दिन,गरे भने मोर्चाका अरु नेतालाई दुख हुन सक्छ,जे हुन्छ त्यसका लागि मोर्चाको आगामी बैठक सम्म पर्खिनैपर्ने हुन्छ ।’ कार्यदलस्तरमा सिंमाकनका विषयमा हुने सहमति तोकिएको समयाबधी भित्र पुरा नभए शक्ती संचय गरेर एउटा नाका विरगञ्ज मात्रै नभई सबै नाका ठप्प पार्ने वारे समेत छलफल मोर्चा भित्र भईरहेको छ । त्यसो गर्दा हालै बिहार भ्रमणवाट बटुलिएको बिहारी नेताहरुको आश्वासनलाई समेत प्रयोग गर्दे भारतीय जनताको सहयोग पनि सिमा क्षेत्रमा लिन सकिने अनुमान केही नेताले गरेका छन् ।
‘एक हप्ता भित्र नाटकिय ढंगमा केही नयाँ कुरा हुन्छ’ मोर्चाको सचिवालयस्तरका एक नेताले भने–‘अहिले भईरहेका विषयमा मोर्चाको दोश्रो तह नेतामा पनि अन्यौलता बढाएको छ, जे भईरहेको छ शिर्षस्तरमै भईरहेको छ ।’

radiokantipur

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget