भक्तपुर, २० माघ । पाँच महिनादेखि तराईमा जारी मधेस आन्दोलन रोक्न बेला बेला नेपाली सेना परिचालनको बहस हुने गरेको छ ।
आन्दोलनका क्रममा केही समय केही जिल्लामा आशिंक रुपमा सेना पनि परिचालन गरिएको थियो तर, पूर्ण रुपमा परिचालन भएको छैन् । यसैक्रममा फेरि सेना परिचालनको विषय उठेको छ ।
आन्दोलनरत मधेसी मोर्चाका नेताहरु विहार गएर सहयोग मागेपछि विहारी नेताहरुले १० लाख विहारी पठाउने आश्वासन दिएसँगै देशका एकपटक फेरि सेना परिचालनको विषय उठेको हो ।
सहयोग माग्न आएका मोर्चाका नेताहरुलाई विहारका नेता लालु यादवले १० लाख विहारीलाई आन्दोलनमा पठाउने तथा भारतका पूर्वमन्त्री रघुवंश सिंहले सिंहदरबार घेर्नेसम्मको अभिव्यक्ति दिएका थिए ।
विहारी नेताहरुको यस्तो अभिव्यक्तिपछि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजक्छेंले तराईमा सेना परिचालन गर्नुपर्ने विषय उठाएका छन् । सरकार समर्थित दलका अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्य विजुक्छेले तराईको समस्या समाधानका लागि आवश्यक परे सेना परिचालन गर्नपर्नेमा जोड दिएका हुन् ।
बुधबार पत्रकारहरुसँंग कुरा गर्दै उनले तराईमा रहेका प्रहरी चौकीहरुलाई कनै हालतमा हटाउन नहुने बताए । तराईको वास्तविक समस्या समाधानका लागि त्यहाँंका गरिव मजदुर किसानलाई योग्यता अनुसारको काम र काम अनुसारको दाम दिनपर्ने उनले बताए ।
आन्दोलनमा १० लाख नागरिक पठाउने विहारी नेताको अभिव्यक्तिमा आपत्ति जनाउँदै उनले तिनलाई रोक्न पनि सेना परिचालन अनिवार्य भएको बताए ।
dainiknepal
Post a Comment