बल्ल जुर्यो नाकाबन्दी खुल्ने साइत, यसरी सार्वजनिक भयो नाका खुल्ने मिति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक समारोहहरुमै भनेका थिए की भारतले नाकाबन्दी नखोलेसम्म भारत भ्रमण जान्न । तर, भारत सरकार ओली चीन तिरको यात्रामा निस्कने हुन् की भन्ने तनावमा परेको छ ।
छिमेकी भारतले प्रधानमन्त्री ओलीलाई उनको पहिलो विदेश भ्रमणका रुपमा आफ्नै देशमा स्वागत गर्न चाहेको छ । यसको सामरीक महत्व र अर्थ पनि रहने गरेको छ ।
यस कारण पनि ओलीलाई भारत भित्राउनकालागि भारतले निकै ठुलो निर्णय लिनुपर्ने हुन्छ । त्यो हो, अबरुद्ध नाकाहरु सुचारु गर्ने र ढुवानी व्यवस्थालाई पुर्ववत् फर्काउने ।
भारतले ओलीको भ्रमण फगुन सात देखि ११ सम्मका लागि गराउनका लागि मिति तय मात्रै गरेको छैन, प्राविधिक व्यवस्थापन समेत गरेको छ भने उक्त अवधिमा विशेष सुरक्षा व्यवस्थाका लागि सरोकारवाला निकायलाई निर्देशन समेत दिइसकेको छ ।
नेपाल सरकारले पनि ओलीको सम्भावित भ्रमणको तयारी बुझ्न अर्थ मन्त्री विष्णु पौडेललाई भारत पठाउने निर्णय गरेको छ भने पौडेल २५ गते भारत जाँदै छन् । तर, ओलीको अडान छ कि विरगञ्ज नाका नखुलेसम्म म भारत जान्न ।
भारतीय संस्थापनले ओलीको यो भनाईलाई नोट मात्रै गरेको छैन, उनको सार्वजनिक भाषणलाई व्यावहारमा उतारिदिएर ओलीलाई स्वागत गर्ने तयारी गरेको छ ।
यसका लागि भारतले आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई पनि चुप बस्न दवाव दिएको छ । बिहारमा पुगेका मधेसी मोर्चाका नेताहरु स्वदेश फर्कीएको भोलिपल्टै नाका खोल्नुपर्ने भन्दै भाषणा गर्दै हिडिरहेका छन् ।
भारतले मोर्चाका नेताहरुलाई कार्यदल मार्फत् सीमांकन विवाद मिलाउन सुझाव मात्र दिएको छैन, नाका अबरोधको कार्यक्रम छाड्न पनि कडा दवाव दिएको प्रष्ट भएको छ ।
भारतीय संस्थापनले अघोषित नाकाबन्दी अघोषीत रुपमा खुलाउउने दिनका रुपमा माघ २३ रहेको संकेत दिएको छ ।
प्रधानमन्त्री ओलीलाई भारतीय राजदुत लगायत संस्थापनका सम्पर्क शुत्रहरुले शनीबारदेखि नाका खुल्ने र ढुवानी पुर्ववत् हुने संकेत दिएका छन् ।
यस कारण ओलीले पनि शनिबारदेखि नाका खुल्ने बताउन थालेका छन् । यस अघिका भाषणहरुमा छिटै नाका खुल्ने बताउँदै आएका ओलीले दिन नै तोकेर भाषण गर्नु भारतीय संकेतले काम गरेको हो भन्ने आम बुझाई छ ।
भारतले पनि केही शिप नलागेपछि ओलीलाई स्वागत गर्नकै लागि भए पनि नाका खुलाउनुपर्ने बाध्यतामा पुगेको हो । शनिबारदेखि नाका सहज हुने अनुमान मात्रै हैन विरगञ्जमा भारतीय पक्षको तयारी पनि सोहै अनुसार भएको बताइएको छ ।
नाकाबन्दी पछि भन्सार छाडेर हिडेका भारतीय कर्मचारीहरु काममा फर्कीएका छन् भने सामान्य अवस्थामा जस्तै सहज ढुवानीका लागि सम्पुर्ण कागजपत्र तयार राखिएको बताइएको छ ।
अब शनिबारसम्म कुर्नुको विकल्प छैन । अनि शनिबार नाका खुले प्रधानमन्त्रीको भारत भ्रमणको ढोका पनि खुल्ने छ ।
nepalsandesh

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget