१७ वर्षीय विकल्प ढुङ्गानाले निर्माण गरे सौर्य ऊर्जाबाट चल्ने स्कुटर

काठमाडौँ, दमौलीका १७ वर्षीय विकल्प ढुङ्गानाले दुई वर्ष लगाएर सौर्य ऊर्जाबाट चल्ने स्कुटरको निर्माण गरेका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलन मार्फत सोलार जडित स्कुटर सार्वजनिक गरिएको हो । अनुसन्धानकर्ताले आफ्नी आमाको नामबाट स्कुटरको नाम ‘विष्णु सोलार स्कुटर’ राखेको जानकारी दिनुभयो । उहाँले आफूले नयाँ काम गर्न चाहेको तर राज्यले सहज वातावरण नबनाएको भनी गुनासो पनि गर्नुभयो ।



सो अवसरमा विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले स्कुटरको शुभारम्भ गर्दै भविष्यमा विज्ञान प्रविधि क्षेत्रमा लाग्न सके नाकाबन्दीको मुकाबिला समेत गर्न सकिने र ढुङ्गानाजस्ता हजारौँ ऊर्जाशील युवालाई नेपालमै अध्ययन अनुसन्धान गर्ने वातावरण बन्ने भएकाले त्यसतर्फ आफू लागिपरेको बताउनुभयो ।

अनुसन्धानकर्ता धनगढीका सुमन पौडेलले विज्ञान प्रविधिसँग सम्बन्धित विषयमा राज्य गैरजिम्मेवार रहेको गुनासो गर्नुभयो । विष्णु सोलार स्कुटरमा स्मार्ट डिभाइस जडान गरिएको छ । यसले मौसमको जानकारी दिनाका साथै हराएमा स्थान हेर्न सकिनेछ । स्कुटर लगातार ६० किमी गुड्न सक्नेछ । रासस
Labels:

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget