विमानस्थल भित्र खिचिएको तस्वीर भाइरल बन्यो

 भद्रपुर विमानस्थलमा सुरक्षा माथि प्रश्न चिन्ह
विमानस्थल भित्र खिचिएको तस्वीर भाइरल बन्यो
बिर्तामोड,फागुन ६ । झापाको भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठन थालेको छ । विमानस्थलमा परिचालित सुरक्षाकर्मी र प्रशासन पक्षले विमानस्थलमा जथाभावी फोटो तथा भिडियो खिच्न रोक लगाएको बताएपनि बुद्ध एयरलान्ससगै समुहगत तस्वीर खिचाएको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जालमा फोटो भाइरल भएपछि विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।
साग च्याम्पियन नेपाली फुटबल टिमको स्वागत तथा सम्मान कार्यक्रमको समाचार संकलनका लागि विहिवार भद्रपुर विमानस्थल पुगेका पत्रकारको एक टोलीलाई विमानस्थलका सुरक्षाकर्मी र प्रशासनका कर्मचारीले फोटो तथा भिडियो खिच्न नपाउने भन्दै दुरव्यवहार गरेका थिए । विमानस्थलका सुरक्षा प्रमुख सई राजकुमार नेपाली र सहायक इन्चार्ज गोपालप्रसाद घिमिरेले पत्रकार पार्थ मण्डल, विगम श्रेष्ठ, राजकुमार ओली, सृजना घिमिरेलाई दुरव्यवहार गरेका थिए । पत्रकारलाई दुरव्यवहार गरेर बाहिर निकालेपछि काठमाडौ प्रस्थान हुन लागेको नेपाली फुटबल टिमसग विमानस्थलका कर्मचारी बुद्ध एयरलान्इससगै गौरवका साथ छाती फुलाएर फोटो खिचाएका थिए । ती फोटोमा विमानस्थलका सहायक इन्चार्ज घिमिरे लगायतको कर्मचारी पनि रहेको छ ।
त्यही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । पत्रकारले फोटो तथा भिडियो खिच्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापाका एसपी ठाकुरप्रसाद ज्ञवालीले पत्रकारलाई जथाभावी फोटो तथा भिडियो खिच्न रोक लगाएका थिए । विमानस्थल भित्रको फोटो बाहिर गएपछि झापाका सुरक्षाकर्मीलाई माथि तत्काल स्पष्टिकरण सहितको जवाफ दिनुपर्छ, ‘हाम्रो जागिर नै जान्छ, एसपी ज्ञवालीले पत्रकारलाई बताएका थिए । एसपी ज्ञवालीको जवाफ सुनेपछि पत्रकारले आफनो क्यामेरा बन्द गर्ने बाध्य भए र जथाभावी फोटो र भिडियो खिच्न बन्द गरेका थिए । विमानस्थलमा मन्त्री वा नेता आउदा विमानस्थल भित्रको भिआइपी कक्षसगै रहेको ढोका छेउको बाहिरी भागमा पत्रकारलाई फोटो तथा भिडियो खिच्न अनुमति दिदै आएको थियो त्यही अनुमति सम्झेर पत्रकारले फोटो तथा भिडियो खिच्न खोज्दा दिइएन् । उल्टै सुरक्षाकर्मी दुरव्यवहार गरेर निकालेका थिए ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget