स्वर्ण विजेता फुटबलरलाई अमार्टमेन्ट दिन माग

काठमाडौंः युवा संघ नेपालले १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा फुटबलको स्वर्ण विजेता खेलाडीलाई एक एकवटा अर्पाटमेन्ट दिन माग गरेको छ ।

फुटबलरले भारतलाई हराउँदै स्वर्ण जितेको अवसरमा बुधबार काठमाडौंमा निकालेको मोटरसाइकल र्या‍लीलाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजीव पहारीले उक्त माग सरकारसँग गरेका हुन् ।

‘सागमा फुटबलबाट स्वर्ण जित्ने खेलाडीको सरकाले उच्च मूल्याङ्कन गर्नुपर्छ’, पहारीले भने, ‘६ महिना लामो नाकाबन्दी झेलेको नेपालीलाई भारतलाई नै पराजित गरेर खुसी दिने खेलाडीलाई उचित सम्मान र अपार्टमेन्टको व्यवस्था गर्न प्रधानमन्त्रीसँग माग गर्दछु ।’


सागमा नेपाल विजयी भएको उपलक्षमा निकालिएको मोटरसाइकल ¥यालीपछि सम्बोधन गर्दै युवा संघका नेताहरुले म्याच फिक्सिङमा संलग्न एन्फाका पदाधिकारीहरु खेलाडीहरुमाथि कारबाही माग गरेका छन् ।

युवा संघले नेपाली फुटबलललाई ध्वस्त पारि भ्रष्टाचारमा लिप्त भएको जिकिर गर्दै एन्फाका तत्कालिन अध्यक्ष गणेश थापामाथि पनि कारबाही गर्न माग गरेको छ ।
-annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget