धरौटी बुझाउन नसकेपछि नक्कली डाक्टर सुहाना केसी जेल चलान


आफूलाई डाक्टर सुहाना भन्ने भगवती केसी धरौटी बुझाउन नसकेपछि जेल चलान भएकी छिन्। ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई ६५ हजार धरौटी माग गरेको थियो । सो रकम बुझाउन नसकेपछि उनी सुन्धारामा रहेको जेलमा चलान भएकी काठमाडौंका एसपी विश्वराज पोखरेलले जानकारी दिए।
आफूलाई कहिले नक्कली डाक्टर त कहिले डिआइजी भन्दै उनले दर्जनौ युवाहरु ठग्दै आएकी थिईन। महानगरीय अपराध महाशाखाले उनलाई गत पुस २० गते दिल्लीबाट पक्राउ गरि नेपाल ल्याएको थियो।अनुसन्धान गर्दै गर्दा उनले ९ वटा सिम कार्ड प्रयोग गरेर गत वैशाख यता ६ जना कलाकार, होटल ब्यवसायी र डाक्टर ठग्ने गरेको खनालले बताए ।
उनले ४ वटा फेसबुक एकाउन्टसमेत खोलेको भेटिएको थियो । उनी नक्कली डाक्टर बनेर एक महिनासम्म पोखराको फेवा अस्पतालमा काम समेत गरेको अनुसन्धानबाट खुल्न आएको छ। स्थानीय एक पत्रिकामा उनको समाचार छापिएपछि उनी  भागेर काठमाडौं आएकी थिईन।

ललितपुरको एक अस्पतालका चिकित्सकसँग जर्वजस्ती बैवाहिक सम्बन्ध राख्ने प्रयास गरेको भन्दै उनलाई सातदोबाटो प्रहरीले गत असोज २६ गते एक दिन थुनामा समेत राखेको थियो।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget