नेपाललाई भारत र चीनको 'ट्रान्जिट प्वाइन्ट' बनाउन अख्तियारको सुझाव

प्रमुख आयुक्त लोकमान सिंह कार्कीले भारत र चीनसँगका नाका स्तरोन्नति गर्ने र किमाथांका नाका खोल्न पहल हुनुपर्ने सुझाव अख्तियारले सरकारलाई दिएको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्याभण्डारी समक्ष बुझाउने क्रममा उनले यस्तो सुझाव सरकारलाई दिएको उल्लेख गरेका हुन्।
उनले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउँदै लिखित भाषण दिएका थिए।
'पूर्वपश्चिम, उत्तरदक्षिण, मध्यपहाडी लोकमार्ग साथै भारतसँग सीमा जोडिएका काँकडभिट्टा, जोगबनी, रक्सौल, रुपैडिया र चीनको तातोपानी,खासा, केरुङ लगायतका व्यापारिक नाकाको स्तरोन्नति गर्ने र किमाथांका नाका खोल्न पहल हुनुपर्ने,' सुझाव दिएको लोकमानको भाषणमा उल्लेख छ।
प्रतिवेदनमार्फत आयोगले ४२ बुँदे सुझाव सरकारलाई दिएको छ।
भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकारले गर्नुपर्ने काममात्रै होइन मुलुकको आर्थिक वृद्धि र छिमेकीसँगको सीमा कस्तो बनाउने भन्नेबारे सुझाव खण्डमा उल्लेख भएको कार्कीले बताएका छन्।
नेपाललाई भारत र चीनको ट्रान्जिट प्वाइन्ट बनाउन समेत आयोगले सरकारलाई सुझाव दिएको छ।
'नेपाललाई भारत र चीनको ट्रान्जिट पोइन्टको रुपमा विकास गर्नुपर्ने तथा निजगढा अन्तर्राष्ट्रिय विमानस्थल एवम् क्षेत्रिय विमानस्थल निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने,' प्रतिवेदनमा भएको सुझाव उल्लेख गर्दै कार्कीले भनेका छन्।
उजुरी र मुद्दा संख्या बढ्यो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७१/७२ मा अघिल्लो वर्ष भन्दा करिब १० हजार उजुरी बढी परेका छन्। गतवर्ष अख्तियारमा ३१ हजार २ सय १३ वटा उजुरी परे। जब कि अघिल्लो वर्ष २२ हजार ६ सय २ वटा उजुरी परेका थिए।
कुल उजुरीको २३ प्रतिशत शिक्षा क्षेत्रका,संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयसंग सम्बन्धीत १३ प्रतिशत भूमिसुधार तथा व्यवस्था मन्त्रालयसंग सम्बन्धित ७ प्रतिशत छन्।
३१ हजार उजुरीमध्ये अख्तियारले २१ हजार ६ सय ४८ उजुरीहरु गतवर्ष नै फर्छ्यौट गरेको जनाएको छ। फर्छ्यौट भएकामध्ये आधा संख्या उजुरी त अख्तियारले तामेलिमा राख्ने निर्णय गर्‍यो। गतवर्ष १२ हजार ४८ थान मुद्दा अख्तियारले तामेलिमा राखेको छ। अख्तियारले विस्तृत अनुसन्धान गर्ने निर्णय गरेका उजुरी भने जम्मा १२ सय ४४ थान छन्। ८ हजार उजुरी माथि अख्तियारले विभिन्न कारबाही गरेको जनाएको छ।
दशौँ हजारको संख्यामा अख्तियारले उजुरी बुझे पनि अदालतमा लैजाने मुद्दा संख्या भने सयमै छ।
गतवर्ष मात्रै अख्तियारले ३०३ वटा मुद्दा विषेश अदालतमा दायर गर्‍यो।अघिल्लो आर्थिकवर्षमा १६८ वटा मुद्दामात्रै विषेश पुगेका थिए।
गतवर्ष विशेषमा दायर गरिएका मुद्दा मध्ये, झुटा शैक्षिक प्रमाणपत्र तर्फ ९६, सार्वजनिक सम्पत्तिको हानीनोक्सानीमा १०५, घुस लिएकोमा ६८, गैरकानुनी लाभ वा हानी पुर्‍याएका १८, राजस्व चुहावटमा ४ र विविधमा १०वटा मुद्दा छन्। अख्तियारले अघिल्लो वर्ष जस्तै गतवर्ष पनि अकुत सम्पत्ति मा जम्मा २ वटा मुद्दा अदालतमा लग्यो।
ती सबै मुद्दामा माग गरिएको कुल विगो १ अर्ब ४० करोड रुपैयाँ रहेको अख्तियारले जनाएको छ। त्यस्तै १२ करोड ९ लाख ५७ हजार रुपैया अख्तियारको निर्णयबाट असुल उपर भएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै ६६० रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गर्न अख्तियारले लेखिपठाएको पनि प्रतिवेदनमा उल्लेख छ।
विषेशले गतवर्ष फैसला सुनाएका १०८ वटा भ्रष्टाचार मुद्दामा  अख्तियारले ८० प्रतिशत मुद्दा जितेको दाबी गरेको छ।setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget