ओली उड्न ढिलो हुँदा तीन विमान आकाशमै होल्ड

ओली उड्न ढिलो हुँदा तीन विमान आकाशमै होल्ड
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दिल्लीका लागि प्रस्थान गर्न ढिलो हुँदा अन्तरार्ष्ट्रिय उडानबाट काठमाडाैं अाएका तीन वटा जहाज करिब एक घन्टा अाकाशमै हाेल्ड भएका छन्। दोहा र दिल्लीबाट काठमाडौं आएका तीन वटा जहाज आकाशमै होल्ड भएका हुन्।

दोहाबाट आएको कतार एयरवेजको एयरबस ३३०–२०२ जहाजले पाैने तीन बजेदेखि आकाशमै फन्को लगाउनु पर्यो।

यसैगरी दिल्लीबाट आएको एयर इन्डियाको एयरबस ए३२१–२११ जहाज आकाशमै घुमिरहेको छ। दिल्लीबाटै आएको जेट एयरवेजको बोइङ ३३७–८५आर जहाज आकाशमै घुमिरहेको छ।

ओली नेपाल बायु सेवा निगमको जहाजबाट २७ मिनेट ढिलाे गरी नयाँ दिल्ली उडेका छन्। उनी ३ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम थियो। ३:२७ अाेली चढेको नेपाल वायु सेवा निगमकाे एयरबस ए३२०–२३३ त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेको थियो।

प्रधानमन्त्रीको उडानका लागि अन्य जहाजको उडान—अवतरण रोकिएको नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालय स्रोतले जनाएको छ।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget