काठमाडौं, २२ माघ । काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा भूकम्पको ठूलै धक्का महसुस गरिएको छ । काठमाडौं उपत्यकामा ओछ्यानमा पुगेका सर्वसाधारणहरु भूकम्पको धक्का महसुस भएपछि सडकमा निस्किएका छन् ।
राति १० बजेर ५ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
sajhapost
Post a Comment