पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग फेरि भेटौंला, गुड डे भन्दै अन्तिम कुराकानी भएको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताएका छन् ।
त्यसपछि जोमसोम टावरसँग पनि कुनै कुराकानी नभएको जोमसोम विमानस्थलका प्रमुख सूर्य खत्रीले बताएका छन् ।
पोखरबाट जोमसोमको लागि उडेको कल साइन ढल्(ब्ज्ज् भएको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज १० मिनेटपछि सम्पर्कबिहीन भएको हो।
पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार जहाजमा जम्मा २३ जना सवार थिए । चालकदलका तीन सदस्य र १८ जना यात्रु थिए । जसमा विदेशी दुइ जना र २ जना बालबालिका समेत रहेका छन् । जहाजमा कुवेतका नागरिक रालरसिद अहमिद र चिनियाँ नागरिक माकस्यु यिङ रहेका छन् ।
रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखराबाट दुइवटा हेलिकप्टर पठाइएको छ । मानन्धर वरिष्ठ पाइलट हुन् । यसैगरी को(पाइलट डी नेम्कुल र एयरहोस्टेस रमा रावल रहेका छन् ।
पौडेलका अनुसार पोखरा टावरसाग ८ बजे अन्तिम सम्पर्क भएको थियो । उनका अनुसार म्याग्दीको रुप्से झरनाको आसपासमा जहाज दुर्घटना भएको आशंका गरिएको छ । उक्त सम्भावित क्षेत्रतर्फ खोजी कार्यको लागि हेलिकप्टर पठाइसकिएको छ ।
म्याग्दीस्थित कान्तिपुर संवाददाता घनश्याम खड्काका अनुसार म्याग्दी र मुस्ताङको सीमा क्षेत्रका स्थानीयले आगो लगोको देखेको बताएपछि प्रहरी उक्त क्षेत्र तर्फ प्रस्थान गरेको छ । धौलागिरी हिमाल, रुप्से झरना र काभ्रेभीर आसपासमा जहाज खसेको अनुमान गरिएको छ ।
ताराले पनि जहाज हराएको जानकारी आएको बताएको छ ।
News24Nepal
Post a Comment