उपेन्द्र यादवको पार्टीमा चिरा, ठूलै समूह बाहिरिने तयारीमा

काठमाण्डु, २० माघ– राज्यका सबै अंग र तहमा समानुपातिक समावेशी सिद्धान्तको नीतिअुनसार सबै जातजातिको सहभागिता हुनुपर्ने वकालत गर्दै आएको संघीय समाजवादी फोरम नेपाल आफैँले पार्टीभित्र भने यो सिद्धान्त लागू गरेको छैन ।

एकीकरणपश्चात् पार्टी नेत्तृवले समानुपातिक समाबेशी नीति अंगीकार नगरेपछि हाल समाजवादी फोरमभित्रको आन्तरिक विवाद चुलिएको छ । गत ३२ जेठमा संघीय समाजवादी पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल र खस समावेशी राष्ट्रिय पार्टीबीच एकीकरण भएको थियो ।
तर, पार्टी एकीकरणपछि नेतृत्वले पार्टीभित्र समानुपातिक समावेशी नीति लागू गर्नुको साटो विधानबाटै समानुपातिक समावेशी शब्द हटाए पनि सोही बेलादेखि सुरु भएको विवाद हाल चुलिएको हो ।
बुधबारमात्रै पार्टीका केन्द्रीय सदस्यहरु रिजवान अन्सारी, वीरबहादुर लामा, नार्साङ शेर्पा, राजकुमार यादवलगायतले नवविचार समूह गठन गरी पार्टीको विधानमा समानुपातिक समावेशी उल्लेख गर्न नेतृत्वलाई दुई साताको अल्टिमेटम दिएको छ ।
‘दुई साताभित्र पार्टीले हाम्रो माग सम्बोधन गरेन भने हामी जिल्लाजिल्लामा पनि वनविचार समूह गठन गरी संघर्ष तल्लो तहसम्म पु¥याँछौं’, नवविचार समूहका संयोजकसमेत रहेका अन्सारीले भने, ‘हाम्रो उद्देश्य कुनै नयाँ अर्को नयाँ पार्टी खोल्ने होइन, यही पार्टीलाई नेपाली जनताको चाहना बमोजिम एउटा समावेशी राष्ट्रिय पार्टी बनाउने हो ।’
राजधानी दैनिकबाट
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget