गुवाहाटीः पौडी खेलाडी गौरिका सिंहले नेपालका लागि कास्य पदक दिलाएकी छन् । गुवाहाटीस्थित डा. जाकिर हुसेन अक्वाटिक्समा आइतबार सोफियाले दुईसय मिटर ब्याक स्ट्रोकमा कास्य पदक जितेकी हुन् ।
नेपाली खेलाडीले साग इतिहासमा कुनैपनि ब्यक्तिगत पदक जितेको पनि यो पहिलो पटक हो । उनले दुई मिनेट २६.९३ को राष्ट्रिय कीर्तिमान पनि बनाइन् । यस स्पर्धामा यसमा श्रीलंकाले स्वर्ण र भारतले रजत जित्न सफल भयो ।
बेलायतमा बस्दै आएकी गनैरिकाले शनिबार एक सय मिटर बटरफ्लाईमा आफ्नै कीर्तिमान तोडेकी थिइन् । एकसय मिटर बटरफ्लाईमा उनले एक मिनेट १०.१४ सेकेण्डको समय निकालेकी थिइन् । पौडीमा ब्यक्तिगत पहिलो पदक जित्न सफल गौरिका भर्खर १३ बर्षकी भएकी छन् ।
पदक जितेपछि खुशी देखिएकी गौरिकाले अन्य स्पर्धामा उत्कृष्ट खेल खेल्ने बताइन् । टोलीका प्रशिक्षक वाङ्देन लामाले गौरिकाको पदकले भविश्यमा नेपाली पौडीलाई राम्रो गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिए ।
सागमा नेपालले यसअघि सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं संस्करणमा महिला रिलेमा स्वर्ण जितेको थियो ।
नेपालले स्वर्ण जित्दा टोलीमा रुना प्रधान, नयना शाक्य, रुविना प्रधान र स्तुती सिंह थिए । त्यसपछि नेपाली महिला टोलीले सन् २००६ मा कोलम्बोमा सम्पन्न दशौं संस्करणमा पनि रिलेमै कांस्य पदक जितेको थियो ।
कुस्तीमा रामबाबुले दिलाए दोस्रो कास्य
गुवाहाटी साग कुस्तीमा नेपालले आइतबार कास्य पदक जितेको छ । नेपालका लागि रामबाबु यादवले फ्रीस्टाइलको ६१ केजी तौलमा कास्य पदक जितेका हुन् ।
पहिलो राउण्डमा बाइ पाएका रामबाबु सोझै समिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उनी पाकिस्तानका अब्दुल वाहीसँग पराजित भएका थिए ।
बाराका खेलाडी रामबाबुले पदकले खुशी दिलाएको बताए । ‘राम्रो तयारी र सुविधा पाए भविष्यमा स्वर्ण जितेर देखाउनेछु,’, उनले भने । कुस्तीकै महिलातर्फ इश्वरी थापा र लक्ष्मी खत्री राउण्ड रोविनबाटै बाहिरिए ।
कुस्तीमा पहिलो दिन सरोज यादवले ६५ केजी तौलको फ्रिस्टाइलमा पहिलो कांस्य पदक जितेका हुन् ।
टेबुलटेनिसको पुरुष टिमलाई कास्य
सागअन्तर्गत टेबुलटेनिसको पुरुष टिम स्पर्धामा नेपालले आइतबार कास्य जितेको छ । सेमिफाइनलमा श्रीलंकासँग ३–० ले पराजित भएपछि नेपाल कास्यमा सीमित बनेको हो । अघिल्लो खेलमा नेपालले बंगलादेशलाई हराएको थियो ।
महिला टिम स्पर्धामा भने नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएपछि बाहिरिएको छ ।
साइक्लिङमा खराव प्रर्दशन सागको साइक्लिङमा नेपाली खेलाडीले खराव प्रर्दशन गरेका छन् । प्रतियोगिताको दोस्रो दिन पुरुषको ६० किलोमिटर क्रिटेरियममा नेपालका तीनैजना खेलाडीले दुरी पार गर्न सकेनन् ।
१९ जना सहभागी उक्त स्पर्धामा नेपालका अजय पण्डित क्षत्री, नारायण गोपाल मर्हजन र बुद्धिबहादुर तामाङले भाग लिएका थिए । यस स्पर्धामा श्रीलंकाले स्वर्ण र रजत जित्यो ।
भारतले कास्यमा चित्त बुझायो । यसैगरी महिला ४० किमी क्रिटेरियममा लक्ष्मी मगर नवौं र पुष्प कुमारी भण्डारी ११ औं स्थानमा आए ।
यस स्पर्धामा भारतले स्वर्ण र रजत तथा श्रीलंकाले कांस्य जित्यो । अघिल्लो दिन पुरुषको ४० किमि तथा महिलाको ३० किमि टाइम ट्रायलमा पनि नेपाली खेलाडीको प्रर्दशन राम्रो थिएन ।annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.