साग महिला फुटबलमा श्रीलंकाविरुद्ध नेपालको अग्रता

सिलोङ: १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार बिहान सिलोङमा भइरहेको महिला फुटबलमा नेपालले श्रीलंकविरुद्ध अग्रता लिन सफल भएको छ ।

प्रमुख स्ट्राईकर अनु लामा बिना नै मैदानमा उत्रिएको नेपालले १३ औं मिनेटमा श्रीलंकन खेलाडीको गोलमा नेपालले अग्रता लिन सफल भएको हो ।


सिलोङस्थित जवहरलाल नेहरु स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नेपालका लागि माया लिम्बुको क्रसलाई बचाउने क्रममा श्रीलंकन डिफेन्डरले गोल गर्न पुगेपछि नेपालले अग्रता लिएको हो ।

यसअघि बिहीबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले  भारतसँग गोलरहित बराबरी खेलेको थियो ।
 
गत आइतबार भएको समूह चरणको दोस्रो खेलमा नेपाली महिला फुटबल टोलीले माल्दिभ्सलाई २-० गोलले पराजित गरेको थियो

नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-० गोलले हराएको थियो। नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget