भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन्।
भारत भ्रमणमै रहेका प्रधानमन्त्री ओलीको सोमबार परेको ६५ औं जन्म दिनको अवसरमा भारती प्रधानमन्त्री मोदीले बधाईं तथा शुभकामना दिएका हुन्।
राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले भारतका आयुष राज्यमन्त्री श्रीपद यस्व नायक र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलमार्फत प्रधानमन्त्री ओलीलाई पुष्प गुच्छा पठाई शुभकामना र बधाई दिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
सोमबारै नयाँदिल्लीमा विश्व मामिलाका लागि भारतीय परिषदले आयोजना गरेको कार्यक्रममा भारतका विदेश मन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई जन्म दिनको शुभकामना दिएक थिइन्। setopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.