नेपाल-भारत सीमा गाउँमा पहिलोपटक नेपाली सेनाको सशक्त उपस्थित

मर्चवार, १९ माघ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा धेरै समयपछि नेपाली सेनाको उपस्थिती देखिएको छ ।
बत्तिमुनिको अध्यारो भने झै सुगम र समृद्ध जिल्लाको रुपमा परिचित रुपन्देहीको मर्चवार क्षेत्र पछाडी पारिएको क्षेत्र हो । पछिल्लो समय विगत साढे ५ महिनाको मधेसी मोर्चाको बन्द हड्ताल र आन्दोलनका कारण यो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती तोकिएको कम्पाउण्डभित्र मात्रै हुने गरेको छ ।
नेपाल भारत सीमा क्षेत्र समेत पर्ने उक्त क्षेत्रमा मंगलबार नेपाली सेनाको उपस्थिती देखिएको छ । नेपाली सेनाको जबरजंग गण बुटवलका प्रमुख कर्णेल रमेश लामासहितको टोलीले मर्चवारको असुरऐनामा आफ्नो शसक्त उपस्थिती देखाएको छ ।
सेनाको टोलीले मर्चवार क्षेत्रका जनतालाई लक्षितगरी मंगलबार दिनभर विशषेज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विशषज्ञ डाक्टरको टोलीसहित निशुल्क स्वास्थ्य शिविर चलाएको सेनाले त्यस क्षेत्रका महिला, बालबालिका र विपन्न नागरिकलाई लक्षित गरेको थियो । शिविरमा दात रोग, बालबालिका, स्त्री तथा प्रसुतिरोग, सामन्य चिकित्सा सेवा प्रदान गरिएको जवरजंग गण रामनगर बुटवलले जनाएको छ ।

सैनिक नागरिक सम्बन्ध विस्तार गर्ने क्रममा रुपन्देहीमा पहिलोपटक सेना आफै फिल्डमा खटिएर स्वास्थय शिवीर सन्चालन गरेको हो । सेनाको स्वास्थ्य शिवीरले मर्चवार क्षेत्रका विपन्न नागरिकलाइ ठूलो टेवा दिएको त्यसै क्षेत्रबाट प्रतिनिधीत्व गर्ने सांसद सर्वेन्द्रनाथ शुक्लाले जनाए । शिवीर अवधीभर फिल्डमै बसेका सांसद शुक्लाले नेपाली सेना स्वयं मर्चवारमा आएर जनताको मन जित्ने र जनतासंग मित्रता बढाउने प्रयास थालेको छ, यो प्रशंसनिय छ । पूर्वमन्त्री समेत रहेका शुक्लाले भने– “यसैगरी सेनाले सामाजिक गतिविधि गरिरहे नेपाली सेनाप्रति मधेसी जनताको धारणा सधैं सकारात्मक हुन्छ र मधेसी समुदायका युवाहरु सेनामा भर्ती हुन तथा सम्बन्ध गाँस्न लालयित हुनेछन् ।’

सेनाको स्वास्थ्य शिविरमा नेपाली सेनाको २२ नम्बर बाहिनीका प्रमुख सहायक रथी करमेन्द्र विक्रम लिम्बु, कर्णेल रमेश लामा लगायतले समेत निरीक्षण गरेका थिए । स्वास्थय शिवीरबाट ७ सय ९० जनाले सेवा लिएको गणले जनाएको छ । शिवीरमा दात, छाला, निमोनिया, महिलाहरुमा सेतोपानी बग्ने रोगी बढी भेटीएको शिवीरमा खटिएका चिकीत्सकले जनाएका छन् ।
सेनाले स्वास्थ शिवीरसंगै विस्फोटक पदार्थ सम्बन्धि जनचेतामूलक कार्यक्रम पनि चलाएको थियो । यसैबीच नेपाली सेनाले मर्चवारको स्थानिय भवानी युवा क्लबलाई खेलकुद सामग्री समेत हस्तान्तरण गरेको छ ।
-dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget