खरानी भन्ने कुरा सबैलाई थाहा छ तर खरानी को फाईदा कसैइलाई थाहा छैन |
खरानी एक औषधि
खरानी काठ-दाउरा आगोले बलेर बाँकि रहने धुलो हो ।
:
पत्थरीमा :- नीमको पातको खरानी बनाउनु र आधा चम्चा बिहान/बेलुका केही हप्ता सम्म खाने गरेमा ठीक हुन्छ ।
:
बगिरहने घाउमा :- नीमको बोक्राको खरानी लगाउनाले बगिरहने घाउमा आराम हुँदै जान्छ ।
:
जुका परेमा :- नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १\१ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ ।
:
अल्काईको रोगमा :- नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १\१ ग्लास दहीमा फिटेर बिहान/बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ ।
:
खोकी लागेमा :- दतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।
:
कण्ठमाला भएमा :- दतिउनको जराको खरानी पिनेर कण्ठमालामा लगाउने तथा आधा चम्चा पानीमा मिसाई खानाले ठीक भएर जान्छ ।
Post a Comment