बुद्धको जन्मस्थललाई लिएर चलचित्र

काठमाडौं: बुद्धको जन्मस्थललाई लिएर अझै भ्रम र विवादका समाचार सार्वजनिक भइरहेका छन्।

यसै सन्दर्भमा बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भन्ने तथ्यमा आधारित चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ बनेको छ । अभिनेता अमित ढुंगाना र रमित ढुंगानाले यो विषयमा चलचित्र बनाएका हुन्।


अभिनेता अमितले अमेरिका भ्रमणका क्रममा बुद्ध भारतमा जन्मेको भ्रम छरिएको पाएपछि यसलाई चिर्ने उद्देश्यले चलचित्र बनाएका हुन् । चलचित्रमा नायकले विभिन्न देशमा बुद्धको जन्मस्थलसम्बन्धी भ्रम चिर्न गरेको संघर्ष समेटिएको रमितले बताए।

चलचित्रमा अमित र रमितका साथमा अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मा, मनिता लामा र केही अमेरिकी कलाकारले पनि अभिनय गरेका छन् । तामाङ भाषा अध्ययन गरेकी अमेरिकास्थित कर्नल युनिभर्सिटीकी प्रोफेसर क्थाथ्रिन मार्च र उनका पतिको पनि चलचित्रमा अभिनय छ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्रमा अमेरिकाका विभिन्न स्थानका साथै लुम्बिनीमा पनि छायांकन गरिएको छ। यो चलचित्र नाफा कमाउने उद्देश्यले भन्दा पनि अमेरिकाको पाठ्यपुस्तकमा समेत बुद्धबारेको गलत जानकारी पाएपछि त्यसलाई मेटाउने उद्देश्यले तयार पारिएको निर्माता तथा नायक रमित ढुंगानाले जानकारी दिए।

 चलचित्र बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाख १० गतेदेखि प्रदर्शन गरिने उनले जानकारी दिए।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget