निरन्तर उल्टी भईराख्ने, भोक नलागेमा,जण्डिस र कमलपित्त निको पार्ने एउटै घरेलु उपाए : हर्रो

हर्रो को बोट जत्रतत्र पाइने गर्दछ। यस्को रङ्ग कालो तथा पहेंलो हुन्छ। यस्को स्वाद खट्टा, नमीठो तथा मुखबाध्ने कसैला हुन्छ।
आयुर्वे्दिक मतानुसार हर्रोमा पाँचै रस मधुर, तीखा, कडुवा, कसैला तथा अम्ल पाइन्छ। वैज्ञानिक मतानुसार हरड को रासायनिक संरचनाको विश्लेषण गरेर ज्ञात भएको छ की हर्रोको फलमा चेब्यूलिनिक एसिड ३०५, टैनिन एसिड ३०,४५५, गैलिक एसिड, ग्लाईकोसाइड्स, राल तथा रंजक पदार्थ पाइन्छ। ग्लाईकोसाइड्स कब्जियत निर्मुल गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर शरीरलाई प्राकृतिक रुपमा संचालन हुन मदत गर्दछ। यस्का निम्न औषधीय गुणहरुपनि रहेका छन् ।



दाद आएमा

हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
जण्डिस,कमलपित्त
एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहानरवेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।
हर्रो को टुक्रो चपाएर खानाले भोक बढ्दछ।
सानो हर्रोको टुक्रालाई पानिमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल ९मुखमा आउँने खटिरा नष्ट हुन्छ। अवस्था अनुसार यस्लाई जुनसुकै बखत खान सकिने भएपनि यस्लाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ।
सानो हर्रो लाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ।
काँचो हरडको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ।
हर्रो को चुर्ण एक चम्मचको मात्रामा दुई किशमिशको साथमा लिनाले अम्लपित्त एसिडिटी को सिकायत रहन्न। निर्मुल हुन्छ।
हर्रो को चुर्ण विहान वेलुका कालो नुनको साथमा सेवन गर्नाले कफको सिकायत रहन्न।
हर्रोलाई पिंधेर यस्मा मह मिलाएर चाट्नाले उल्टी आउँन बन्द हुन्छ।- विकिपिडिया
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget