नयाँ शक्तिबाट पत्रिकाको कार्यालय तोडफोड सहित कब्जा !

काठमाडौं, ९ फागुन । डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले जनादेश साप्ताहिकको कार्यालय कब्जामा लिएको छ । नयाँ शक्तिका सदस्यसमेत रहेका बाबुराम भट्टराई निकट अधिवक्ता खिमलाल देवकोटाले काठमाडौंस्थित जनादेश साप्ताहिकको कार्यालय कब्जामा लिएका हुन् । उनले पत्रिकाको कार्यालयमा रहेका कम्प्युटरलगायतका सामाग्रीसमेत आफ्नो नियन्त्रणमा लिएका छन् । जनादेश साप्ताहिकका सञ्चालक एकीकृत माओवादीबाट नयाँ शक्तिमा आउन अस्वीकार गरेपछि उनले पत्रिकाको कार्यालय नै कब्जा गरेको बताइएको छ ।
घटनाप्रति महासंघको ध्यानाकर्षण
यसैबीच नेपाल पत्रकार महासंघले जनादेश साप्ताहिकको कार्यालयका सामाग्री कब्जा गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस काउन्सिल नेपालका सदस्य मनऋषि धिताल सम्पादक÷प्रकाश तथा महासंघकी केन्द्रीय सदस्य सरिता ढकाल सञ्चालक रहेको ‘जनादेश साप्ताहिक’ को कार्यालयमा रहेको कम्प्यूटरलगायतका सामग्री कब्जा गरिएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघका महासचिव उजिर मगरले आज विज्ञप्ति जारी गरी केही दिनअघि अधिवक्ता खिमलाल देवकोटाले ‘नयाँ शक्तिको’ प्रचार–प्रसार कार्यालय सञ्चालन गर्न भन्दै काठमाडौंको संखमुलस्थित साप्ताहिकको कार्यालयमा प्रवेश गरी कम्प्यूटरलगायत महत्वपूर्ण कागजात र कार्यालयको साँचोसमेत कब्जामा लिई कार्यालय नियन्त्रणका घटनाप्रति चासो व्यक्त गरेका हुन् ।
महासंघले जनादेश साप्ताहिक सञ्चालनमाथि गरेको नियन्त्रणकारी शैलीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको ठहर गरेको छ । नियन्त्रण गरिएका सम्पूर्ण सामाग्री फिर्ता गरी प्रेसको संवैधानिक अधिकारलाई सम्मान गर्न महासंघले सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गरेको छ ।
यसैगरी महासंघले पर्साको वीरगञ्जस्थित नारायणी एफएममा अज्ञात समुहले आक्रमण गरेको घटनाप्रति समेत ध्यानाकर्षण भएको जनाएको छ । शनिबार राति १ बजे हतियारसहित आएको अज्ञात समूहले कार्यालयको चाबी मागेको थियो । एफएमका सुरक्षा गार्डले चावी नदिएपछि आक्रमण गर्दै त्यो समुहले कार्यालयको ढोका तोडफोड गरेको थियो । महासंघ यो घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न समुहको तत्काल पहिचान गरी कारबाही गर्न एवम् पत्रकार र रेडियोमा हुने यस्ताखाले घटना रोकी प्रेसलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget