‘राजेन्द्र महतो केपी ओली, पूर्वराजा ज्ञानेन्द्र र कमल थापसँग मिलेर राजतन्त्र फर्काउने खेलमा !’

काठमाण्डु, २४ माघ– उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले मधेसी मोर्चाका नेता राजेन्द्र महतोले मधेस आन्दोलन तुहाएको आरोप लगाएका छन् ।

महतोले मधेसी जनतालाई धोका दिएको बताउँदै चौरसियाले महतो मधेसका लागि नभएर प्रधानमन्त्री केपी ओली, पूर्वराजा ज्ञानेन्द्र र राप्रपा नेपालका अध्यक्ष्य कमल थापासँग मिलेर राजा फर्काउने खेलमा लागेको बताएका छन् ।
मधेसी मोर्चाका एक घटक सद्भावनाका अध्यक्ष महतोबारे आफ्नो फेसबुकमा लेख्दै चौरसिया भन्छन्, ‘आजीवन मन्त्री हुँदा अकूत सम्पत्ति कुम्ल्याएका महतो जस्ता मधेश विरोधी गद्दार नेताहरु अख्तियारको कारबाहीमा परेर जेल जानबाट जोगिनका लागि शक्ति केन्द्रहरुको गोटी बनेको यथार्थ जनताले बुझिसकेका छन् । पूर्वराजा वादी बद्री प्रसाद मण्डल अहिले सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष छन् । नियत र उद्देष्य बुझ्न यो तथ्य काफी छ । गद्दारको संगतले युद्ध जितिदैँन, यो यथार्थ उपेन्द्र यादव र महन्थ ठाकुरले पनि राम्ररी बुझेको हुनु पर्छ । मधेशी लगायत उत्पीडित जनतालाई अधिकार दिलाउन यादव र ठाकुर पर्याप्त छन्, उहाँहरुले आन्दोलनको विगुल फूके हुन्छ । । तर, मोर्चा र मधेशलाई अब महतो जस्ता प्रतिघाती नेताको साथ चाहिँदैन ।’

पछिल्लो समय महतोकै कारण वीरगञ्ज नाका खुलेको चर्चा चलिरहेका बेला मोर्चाकै घटक संघीय समाजवादी फोरमका अध्यक्ष यादवकै प्रेस संयोजकले महतोबारे यसो भन्दा महतो र यादवबीच दुरी बढ्ने देखिन्छ ।
मधेस आन्दोलनको सुरुवाती दिनमा यादवभन्दा कडा रुपमा प्रस्तुत भएका महतोले केही दिनअघि जनताले दुःख पाएकाले वीरगञ्ज नाका खुलाउन आफूले पहल गर्ने बताएका थिए । यस्तोमा मधेसी मोर्चाको आन्दोलन जारी रहँदा महतोले धोका गरेर वीरगञ्ज नाका खोल्न सहयोग गरेको मन्त्री पद पड्काउने दाउँमा रहेको मधेसी मोर्चा सम्बद्ध स्रोतको दाबी छ ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget