काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन निमोनिया र ज्वरोका कारण भएको उपचारमा संलग्न चिकित्सक डा.करबीरनाथ योगीले जानकारी दिएका छन् ।
सभापति कोइरालाको उपचार र पछिल्लो स्वास्थ्य अवस्थाका विषयमा जानकारी दिँदै डा.योगीले कोइरालाको निधन निमोनियन र ज्वरोबाट भएको बताउनुभयो । ‘सभापति कोइराला बिगत तीन दिनदेखि बिरामी हुनुहुन्थ्यो’, डा.योगीले भन्नुभयो, ‘हिँजो (सोमबार) उहाँ (कोइराला)ले बिहान र दिउँसो खानेकुरा खानु भएको थियो ।’ केही दिनअघि मात्रै कोइरालालाई शहीद गंगालाल हृदयरोग केन्द्रमा लगेर पनि उपचार गराइएको थियो ।
‘तीन दिनदेखि बिरामी हुनुहुन्थ्यो । निमोनिया र ज्वरो आएको थियो । तीन वटा एन्टिबायोटिक दिएका थियौँ । सोमबार बिहान खाना खानुभयो । दिउँसो पनि खाना खानु भएको हो । दिनभरि राम्रो थियो । राति साढे नौ बजेदेखि अहिल गाह्रो भयो । साढे दस बजेदेखि झनै गाह्रो भएको थियो’, डा.योगलीले भन्नुभयो ।
डा.योगीले अगाडि भन्नुभयो, ‘सभापति कोइरालाको फोक्सो क्यान्सरले बिग्रिसकेको थियो । निमोनिया र अन्य रोगले पनि पूरा औषधि दिन सकिएको थिएन । महाराजगञ्जस्थित निवासमै सबै उपचार भइरहेको थियो । हामीले आवश्यक सबै चेकजाँच गरेका थियौँ ।’
साढे दस बजेदेखि सभापति कोइरालालाई धेरै साह्रो भएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै निधन १२ बजेर ५० मिनटमा निधन भएको डा.योगीले बताउनुभयो । ‘उहाँको निवासमै उपचार भइरहेको थियो’, उहाँले भन्नुभयो, ‘अस्पताल लैजान खोज्दाखोज्दै निवासमै निधन भयो ।’
dainiknepal
Post a Comment