माघ २७, २०७२- नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा बिहीबार बंगलादेशको सामना गर्नेछ । यो समूह ‘बी’ को लिग चरणको अन्तिम खेल हुनेछ । नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलका लागि छनोट भइसकेको छ र बंगलादेशविरुद्धको खेलले समूह विजेता र उप विजेताको निर्णय गर्नेछ ।
बंगलादेशसँगै समूहको तेस्रो दिन भुटानको पनि सेमिफाइनल समीकरण अझै बाँकी छ । नेपालले पहिलो खेलमा भुटानलाई ५–० ले हराएको थियो । त्यसयता भुटान र बंगलादेशबीचको खेल १–१ को बराबरीमा टुंगेको थियो । समूहमा नेपालको तीन अंक तथा बंगलादेश र भुटानको एक/एक अंक छ ।
नेपाल र भुटानबीचको खेल हेरेका नेपाली फुटबलका प्राविधिक निर्देशक चाइका तोकेदाले टिममा डिफेन्डर र मिडफिल्डरबीच दूरी देखिएको हुनाले त्यसमा कमी हुनु पर्ने बताएका थिए । त्यस्तै उनले नेपाली खेलाडीले बलमाथि नियन्त्रण गुमाएपछि फेरि त्यसलाई प्राप्त गर्न कम प्रयास गरेको विश्लेषण पनि गरेका थिए ।
बंगलादेशविरुद्धको खेल अगाडि नेपाली टिमका प्रशिक्षक राजु शाक्यले टिममा केही कमजोरी रहेको र त्यसमा सुधार आवश्यक रहेको बताएका छन् । प्रतियोगिताका समूह ‘ए’ बाट समूह विजेताका रूपमा माल्दिभ्स र उप विजेताका रूपमा भारत छनोट भइसकेको छ ।
प्रतियोगिताको महिला फुटबलतर्फ बिहीबार नै नेपालले भारतको सामना गर्दैछ । नेपाल छ अंकसहित राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहेको छ । नेपालले सुरुआती दुवै खेल जितेको थियो । भारतको भने चार अंक रहेको छ । भारतले माल्दिभ्ससँग निराशाजक गोलरहित बराबरी खेलेको थियो ।
ekantipur
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.