यसरी मनाउनुहोस (१४ फेब्रुवरी) भ्यालेनटाइन डे

१४ फेब्रुवरी अर्थात भ्यालेन्टाइन डे को रुपमा मनाइने गरिन्छ । यहि चाडलाई नेपाली समाजमा पनि प्रणय दिवस वा प्रेम दिवसले चिनिनथालेको छ । यसरी चिनिन थालेको भने त्यति लामो इतिहास भने छैन । यसको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइन नामबाट रहन गएको हो । यसलाई धार्मीक चाडको रुपमा नै मनाइदै आएकोमा बिस्तारै धर्म कम र रमाइलो ज्यादा गरिने भएको ले विस्तारै अरु धर्मावलम्बीहरुले पनि यसको अनुशरण गर्न थालेको हुन (सन २६९ फेब्रुवरी १४ का दिन इटालीका सन्त भ्यालेन्टाइनले विभिन्न आरोपमा जेलमा रहेका कैदिहरुको सामुहिक बिवाह गराई दिएको आरोपमा झुण्डाएर हत्या गरेको दिनको सम्झनामा यो पर्व मनाउन थालिएको भ्यालेन्टाइनको सम्झनामा ।

प्रेम कुनै धर्म, जात जाती वा भौगोलिक अवस्थामा भर नपर्ने हुनाले पनि यसको बिश्वव्यापीकरण भएको हुनु पर्छ । नेपाली युवाहरुले देश र संस्कृतिको सिमालाई नाघ्दै पश्चिमी संस्कृति भित्राइ रहेका छन भन्ने मानिसहरुका पनि कमी नभएता पनि समय अनुसरा चल्दै जाने मानसिकता हुनेहर यो चाडले कुनै नराम्रो गरेको ठान्दैनन ।

भ्यालेनटाइन डे आजभोलीको नव युवा र नवयुवतीको लागि धेरै प्रतिक्षामा रहन्छ । भ्यालेनटाइन डे मा आफ्नो प्रेमको इजहार गर्दछन । भ्यालेनटाइन डे आजभोलि नेपालीहरुको ठुला ठुला चाडपर्वहरु जसरीनै मनाउन थालेको छन । भ्यालेनटाइन डे पश्चिम सस्कृतिहरु यो कसरी मनाउन थालियो यसको विभिन्न देशमा फरक फरक अर्थ र किम्बदन्ती रहेको छ । सबैको फरक फरक अर्थ भएता पनि समान केहि कुरा भने अवश्य नै छ । यसको युवामाझमा लोकप्रिय भएता पनि त्यति धेरैलाई भने त्यति थाहा पनि छैन तर पछिल्लो केहि वर्ष नेपालमा यसको लोकप्रियता बढ्न थालेको छ । भ्यालेनटाइन डे आउनुभन्दा पहिलेनै गिपm्ट पसलहरुमा भ्यालेनटाइन डेलाई मध्यनजर राख्दै धेरैसामानहरु सजाएको देखिन्छ भने पसलहरुमा युवा युवतीको भिडनै देखिन्छ । अन्य चाड पर्व जस्तै भ्यालेनटाइन डे पनि एक साता अगाडीबाट नै शुरु हुन्छ । भ्यालेनटाइन डे को शुरुवाट ७ फरवरीबाट हुन्छ ।

७ फेब्रुवरी — ७ फेब्रुवरी लाई रोस डेको रुपमा मनाइन्छ । रोस डेको दिन सबैले आफ्नो प्रेमी वा प्रेमिकालाई वा आफुलाई मनपर्ने मान्छेलाई रातो गुलाबको फुलदिने चलन हुन्छ यसरी एक अर्का विच रातो गुलावको फुल आदानप्रदान गर्ने गर्दछन यसरी गुलाबको फुल उपहार दिएर आफ्नो सम्बन्धको शुरुवाट गर्छन । साथीलाई पहेलो रङको गुृलाबको फुल दिने गरिन्छ भने कसैलाई माया गरिन्छ भने रातो गुलाबको फुल दिने गरिन्छ । यदि तपाइले दिएको गुलाबको फुललाई सहर्ष स्विकार ग¥यो भने यो बुझ्नु पर्छ कि तपाइस“ग सम्बन्ध गास्न उ पनि इच्छुक वा रुचि छ भनेर ।

८ फरवरी प्रपोज डे– ८ फरवरीलाई प्रपोज डेको रुपमा मनाइने गरिन्छ । यो दिन सबैजना आफ्नो प्रेमको इजहार गर्ने गर्दछन। यदि तपाइ पनि कसैलाई धेरै माया गर्नुहुन्छ भने यो दिन तपाइको लािग उत्तमदिन हुन सक्छ । यदि तपाइ कसैलाइ माया गर्नुहुन्छ भने उ प्रति तपाइको मनमा रहेको भावनाहरुलाई उ समक्ष पु¥याउन सक्नुहुन्छ । कसैलाई माया नै गर्नुहुन्छ भने त यो दिन उपयुक्त हुनसक्छ । पहिलो दिन तपाइले दिएको त्यो रातो गुलाबको फुल सहर्ष स्विकारेको भए यस दिनमो तपाइको मन उसप्रति रहेको कुराहरु र उसको स्थान तपाइको जिवनमा कति महत्व छ भनिदिदा सहर्ष स्विर्काने छ ।

९फेब्रुवरी चकलेट डे– यो दिन चकलेट डेको रुपमा मनाउने चलन छ । चकलेट डे को दिनको शुरुवाट केहि मिठो खाएर सुरुवाट गर्नुहोस र आफ्नो प्रेम वा प्रेमीकालाई चकलेट उपहार दिएर आफ्नो सम्बन्धमा पनि चकलेट जस्तै मिठासभर्नुहोस भन्छन सबैले चकलेट जस्तो मिठो अरु केहि पनि हुदैन भनेर र यो पनि भन्छन मिठो खायो भने प्यार पनि बढ्छ रे । त्यसैले यसदिनमा आफ्नो प्रेम÷प्रेमिकालाई चकलेट उपहार दिएर सम्बन्धमा मिठास भर्नुहोस र प्यारलाइ बडाउनुहोस ।

१० फेब्रुवरी टेडी डे– चकलेट डे पछि आउछ टेडि डे । टेडि एकदमै कोमल हुन्छ । जब तपाइ यस दिनमा प्यारको टेडी गिपm्ट दिनुहुन्छ उपहारस“गै तपाइको मन भित्र रहेको कुरा तपाइको प्रेम÷प्रेमि समक्ष पुग्दछ । त्यसैले यो दिन आफ्नो साथीलाई टेडी गिफ्त दिनुहोस र आफ्नो सम्बन्धलाई टेडी जस्तै कोमल र मजबुत बनाउनुहोस टेडी जस्तै ।

११ फेब्रुवरी प्रोमिस डे– यस दिन सबै जना प्यारको कसम खाने गर्दछन कि जिन्दगी भर साथ निभाउने छु भनि एक अर्का विच प्रोमिस गर्दछन । यस दिनलाई तपाइ सधै सम्झनालायक बनाउन सक्नुहुन्छ । यस दिन तपाइ आफ्नो प्यारको केहि वाचा गर्नुहोस र आफुले गरेको बाचालाई पुरा गर्दै पनि लैजानुहोस । यस दिन तपाइ आफ्नो प्रेम÷प्रेमिका स“ग पनि केहि बाचा गराउन सक्नुहुन्छ । जस्तै– आई प्रोमिस यू आई विल लब यू टिल द एण्ड अफ माई लाइफ । यस्तो गर्नाले प्यार धेरै गहिरो हुन्छ । यसो गर्नाले तपाइको साथीले पहिलाको भन्दा पनि धेरै माया गर्नथाल्छ ।

१२ फेब्रुवरी हग डे– यो दिन सबैको लागि विशेष दिन मानिन्छ । यस दिन तपाइ आफ्नो प्यारको लागि बजारबाट केहि राम्रो उपहार लिएर जानसक्नुहुन्छ । यस दिन आफ्नो प्यारको अंगालोमा बाधेर आफ्नो प्यारको गहिराइ सम्झन सकिन्छ । तपाइ आफ्नो साथीको हात आफ्नो हातमा दिएर आफ्नो प्रेमको गहिराइ नाप्न सक्नुहुन्छ भने उसको हातमा आफ्नो लब मार्क पनि छोड्न सक्नुहुन्छ । यस्तो गरेमा तपाइको प्रेम÷प्रेमिकालाई राम्रो लाग्छ ध्यान दिनुहोस कि धेरै भावुकता भएर कुनै बदमासी काम नर्गनुहोस आफ्नो मर्यादा भित्र रहेर राम्रो व्यवहार देखाउनु होस ।

१३ फेब्रुवरी किस डे– यस दिन आफ्नो प्रेम÷प्रेमिकालाई जादुको झप्पी दिएर आफ्नो भावनाहरुको अवगत गराउनु सक्नुहुन्छ । यस दिन आफ्नो साथीलाई हग गरेर उसको कानमा भन्न सक्नुहुन्छ कि तपाइको दिलमा उनको कुन स्थान छ भनेर । त्यसैले यो दिनमा आफ्नो साथीलाई जादुको झप्पी दिएर उसलाई मनपर्ने राम्रो उपहार दिन सक्नुहुन्छ ।

१४ फेब्रुवरी भ्यालेनटाइन डे – यो दिन सबैको लागि महत्वपुर्ण हुन्छ र प्रतिक्षा पनि माथिको ६ दिन कुनै अर्थ नराखे पनि यो दिनभने सबैको लागि अर्थ नै राख्ने हुन्छ । यस दिन आफ्नो मनमा भएको सबैकुराहरु खुलेर भन्नसक्नुहुन्छ । यदि तपाइ आफ्नो मनकुराहरु भन्न सक्नुभएको छैन भने पनि यस दिन खुलेर भन्नसक्नुहुन्छ । यस दिन आफ्नो प्यारको इजहार अवश्य गर्नुहोस र कुनै राम्रो खालको उपहार पनि दिनुहोस । यदि उसको दिलमा पनि तपाइको मनमा भए जस्तै कुनै भावना छ भने तपाइले इजहार गर्नुभयो भने इन्कार अवश्य हुदैन । त्यसैले यस दिन गएर भन्नुहोस विल यू बी माई भ्यालेनटाइन यदि एस भनिदियो भने तपाइको जिवन साथी बन्न पनि सक्छ । तपाइ पनि आफ्नो प्यारको इजहार गरिहाल्नुहोस र यो भ्यालेनटाइन डेको सप्ताहलाई यादगार बनाउनुहोस । रोस डे देखि लिएर भ्यालेनटाइन डे सम्म माया गर्नेहरुकोलागी खास दिन हुने छ र पुरै सप्ताहले जिन्दगीलाई हसिन र यादगार बनाउन सक्नुहुन्छ ।
gorkhalikhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget