कांग्रेसी हो! बनाउ गगन थापालाई महामन्त्री

देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको लगभग अधिकांश जिल्लाको अधिवेशन सकिएको छ। तराईका केही जिल्लामा मात्रै जिल्ला अधिवेशन हुन बाँकी छ।

आमनागरिकलाई कांग्रेसको महाधिवेशनबाट केन्द्रीय नेतृत्व कस्तो आउँछ होला भन्ने कौतुहलता छ। यही फागुन २० देखि २३ सम्म काठमाडौंमा हुने महाधिवेशनले केन्द्रीय नेतृत्वमा कसलाई स्थापित गर्छ भन्ने धेरैको चासो विषय बनेको छ। कांग्रेसको महाधिवेशन कांग्रेसलाई जति लागेको छ अन्य राजनीतिक दलहरु र विदेशीहरुले पनि यसलाई त्यतिकै ध्यान दिएर हेरेका छन्। कांग्रेस कार्यकर्ताको बीचमा नेतृत्वमा कसलाई पुर्याउने भन्ने बहस सुरु भएका छन्।  कांग्रेसमा पार्टीप्रति वफादार भन्दा पनि व्यक्तिगतरुपमा वफादार कार्यकर्ता बनाउने कार्य र गुटबन्दी पार्टीको सबै भन्दा ठूलो समस्याको रुपमा रहेको छ।

अनुशासनको कमी कांग्रेसमा ठूलो समस्याको रुपमा छ। ७० काटेकोलाई सभापति बनाएर त्यो पार्टीले देशलाई के दिन्छ? वृद्ध नेताहरुलाई  अब सल्लाहकार बनाए हुन्छ। हामी नेतृत्वमा जान पाएनौ भन्दै ४५ वर्षसम्म नेविसंघमा बस्ने महानुभावहरु अझै भन्नु पर्दा च्याउरी गाले युवा नेताहरु हो सक्छौं भने युवा नेतृत्वका लागी महामन्त्री पदमा उम्मेदवारी दिएका गगन थापालाई जिताएर हेर किन कि मान्छेका दोष गुण सामान्य कुरा हुन्। कदर क्षमताको गर्नुपर्छ, भिजनको गर्नु पर्छ र नेपाली कांग्रेससमा उनी युवामा एक नम्बर नेता हुन महामन्त्री बन्न लायक ऊ संग यो दुबै छ जस्ले आफ्नो राजनीति गर्ने समय अब १५ वर्षमात्र बाँकी छ भनेर समय तोकेर राजनीति गरेको छ जसले गर्दा पार्टी नेतृत्वमा पुग्ने अवसर धेरैलाई मिल्ने छ।

नेतृत्वमा समय तोकेर राजनीती गर्ने साहस अति आवश्यक थियो जसलाई थापाले सुरुवात गरेका छन्। कांग्रेसका धरै कार्यकर्ताले युवा नेता गगन थापालाई महामन्त्रीमा देख्न चाहेका छन्। कम से कम युवा प्रतीनिधिले पाको उमेरका नेताहरुलाई भोट नहाल्नुस। अनि हेर्नसु पार्टिमा परिवर्तन। हुनत कांग्रेसमा कार्यकर्ताको शुुद्धिकरण नगरी यो समम्भव छैन।

राजनीति स्थिर नभइ देश बन्दैन पार्टी राम्रो नभए राजनीति स्थिर हुँदैन असल नेता बिना पार्टी राम्रो बन्दैन। इतिहास फेर्ने मौका मिलेको छ तर कांग्रेसका कार्यकर्ता गुट उपगुटमा विभाजित भएकाले यो मौकाको फाइदा उठाउलान् भन्ने कुरामा सन्देह छ। अहिलेको कांग्रेस नेतृत्वले पार्टी जोगाएको होइन विकल्प नपाएकाले टिकाको हो। अस्वच्छ राजनीतिक प्रतिस्पर्धाले देश गलिसकेको छ। यो पटक  कांग्रेसका कार्यकर्ताहरुलाई आत्मसम्मान र नैतिकताको ज्ञान प्राप्त होस् शुभकामना।
setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget